असोज १४, २०८३ बुधबार September 30, 2026

उत्तर– दक्षिण कोशी राजमार्ग खुल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

किमाथाङ्का (सङ्खुवासभा), ५ माघः सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सेम्बुङमा खाँदबारी–किमाथाङ्का सडकखण्ड एक दिनपछि पुनःसञ्चालनमा आएको छ । भोटखोला–३ सेम्बुङ डाँडास्थित खाँदबारी–किमाथाङ्का सडक एक दिनपछि खुलेको उत्तर–दक्षिण सडक कार्यालयका सूचना अधिकारी नरेश जिरेलले बताउनुभयो ।

शुक्रबार दिउँसो खसेको सुक्खा पहिरोले २० मिटरभन्दा बढी कच्ची सडक अवरुद्ध पारेको थियो । सडकमाथिबाट ठुल्ठूला ढुङ्गासहितको सुक्खा पहिरो खसेर अवरुद्ध सडकखण्ड आज बिहानदेखि पुनःसञ्चालनमा आएको उत्तर–दक्षिण सडक कार्यालयका सूचना अधिकारी जिरेलले बताउनुभयो ।

सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिका आवतजावत गर्ने सवारीसाधन रोकिएका थिए । त्यस क्षेत्रमा लगातार सुक्खा पहिरो खसिरहने भएका कारण बेलाबेला कोशी राजमार्गको भोटखोला सडकखण्ड अवरुद्ध हुने गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार