श्रावण ११, २०८१ शुक्रबार July 26, 2024

तारकेश्वर नगरपालिकाको नगरसभा सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राजधानीको पश्चिम क्षेत्रमा रहेको तारकेश्वर नगरपालिकाको चौथो नगरसभा सम्पन्न भएको छ । नगरसभाले विषयगत समितिमार्फत नगरपालिका सञ्चालनमा आवश्यक विधेयक सर्वसहमतिबाट स्वीकृत गरेको छ ।

नगरसभाबाट नगरपालिकाको चालू आर्थिक वर्षको पूँजीगत बजेटतर्फ करीब रु ७० करोड ८७ लाख र चालूतर्फ रु ४० करोड १३ लाख बजेट विनियोजन गरिएको छ ।चालू आवमा नगरसभाबाट स्वीकृत वडास्तरीय योजना कूल ३४५ वटा भएकामा २०७५ पुस मसान्तसम्ममा १०८ योजनाको सम्झौता भएर १५ योजनाको कार्य सम्पन्न भई फरफारकसमेत भएको नगर प्रमुख रामेश्वर बोहोराले जानकारी दिनुभयो ।

लागत साझेदारी कार्यक्रमतर्फ कूल ४३ योजना स्वीकृत भएकामा ३७ सम्झौता भई नौ योजना कार्य सम्पन्न भइसकेको प्रमुख बोहोराले बताउनुभयो । चालू आवको पुस मसान्तसम्मको भौतिक प्रगतितर्फ सडक ढलान तीन किमी, साइड ड्रेन ७२० मिटर, रिटेनिङ वाल एक हजार ६१५ घमि, ह्युमपाइप ४५० मिटर र नाली ७५० मिटर सम्पन्न भएको छ ।

नगर उपप्रमुख भवानी डोटेल धितालले नगरपालिकाको लक्ष्य भनेको नगरवासीलाई समृद्ध बनाउने रहेको भन्दै गरपालिकाबाट प्राकृतिक स्रोत उपयोग नीति तर्जुमा गरी सोही नीतिका आधारमा नगर क्षेत्रभित्र रहेका सम्पूर्ण प्राकृतिक स्रोतको दिगो उपयोग गरिने नीतिलाई अवलम्बन गर्दै लगिने जानकारी दिनुभयो ।

लागत साझेदारी कार्यक्रमअन्तर्गत परियोजना कार्यान्वयन अगाडि बढाउन आवश्यक बजेटको व्यवस्था गरी कार्यान्वयन गरिने तथा समग्र वस्तुस्थिति झल्कने गरी सबै वडालाई समेटी नगर विवरण तयार गरिने निर्णय भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार