श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

प्रहरीको हतकडी फुस्काएर भाग्ने अभियुक्त पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः प्रहरीको हतकडी फुस्काएर भाग्ने अभियुक्त हिजो शुक्रबार पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट सार्वजनिक नैतिकता विरुद्धको मुद्दामा म्याद थपको लागि जिल्ला प्रशासन कार्यालय इलाम ल्याइएका पाँचथर जिल्ला कुम्याक गाउँपालिका वडा नं १ का किरण तिखत्रीलाई इलाम नगरपालिका वडा नं. १ पुवाखोलाबाट पक्राउ गरिएको इलाम प्रहरीले जनाएको छ ।

गत बिहीबार सुर्योदय नगरपालिका वडा नं. १० मा अस्थायी बसोबास गर्दै आएका तिखत्रीलाई खोजीमा गएका प्रहरीले लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।

निजलाई जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई थप अनुसन्धान भईरहेको प्रहरी कार्यालय इलामका सूचना अधिकारी लालध्वज सुवेदीले जनाएका छन्

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया