भाद्र ३, २०८३ बुधबार August 19, 2026

मोदी अयोध्यामा आउने भएपछि सीमामा ‘हाई अलर्ट’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अयोध्या आउने भएपछि रूपन्देही र कपिलवस्तुसँग सीमा जोडिएका भारतीय क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

बाबरी मस्जिदका लागि अन्यत्रै जग्गा उपलब्ध गराउने गरी लामो समयदेखिको स्वामित्व विवादलाई अदालतले सल्ट्याइदिएपछि अयोध्यामा राम मन्दिर बन्दै छ । उक्त मन्दिरको शिलान्यासका लागि आगामी साउन २१ मा मोदी अयोध्या आउँदै छन् । उनी आउने भएपछि अवाञ्छित र आतंकी घुसपैठ नहोस् भनेर सीमामा उच्च सुरक्षा सतर्कता अपनाइएको हो ।

कपिलवस्तु र रूपन्देहीको सीमासँग जोडिएका भारतको सिद्धार्थनगर र महाराजगन्ज जिल्लामा सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा राखिएको छ । यी क्षेत्रबाट अयोध्या पुग्‍न सहज र नजिक भएकाले सुरक्षा निकायलाई सक्रिय बनाइएको हो । नेपाल–भारत सीमानाकामा एसएसबीका तालिम प्राप्त कुकुर परिचालन गरी जाँच थालिएको छ । दसगजामा निगरानी बढाइएको छ । सादा पोसाकका प्रहरीका अलावा एसएसबी, उत्तर प्रदेश प्रहरी, रेल्वे प्रहरी र सीमामा क्रियाशील गुप्तचर एजेन्सीसमेत सक्रिय रूपमा खटिएका छन् । भारतीय सीमावर्ती बजारमा साविकको भन्दा बढी गस्ती गर्न थालिएको छ । सीमा क्षेत्रसँग जोडिएका सडक, गल्ली र चोकमा आकस्मिक जाँच भइरहेको छ ।

एक भारतीय सुरक्षा अधिकारीले संवेदनशील अवस्था रहेको भन्दै सुरक्षा रणनीति बनाइरहेको बताए । उत्तर प्रदेशको गोरखपुर जोनका अतिरिक्त प्रहरी महानिर्देशक दावा शेर्पा सुरक्षा सतर्कता अपनाउन निर्देशन दिँदै सीमावर्ती सहर सुनौली, सोहरतगढ र बढनी पुगेका छन् । त्यहाँ उनले नेपाली सुरक्षा अधिकारीसँग समन्वय गरेर सीमा क्षेत्रको सुरक्षा व्यवस्था सुदृढ बनाउन भारतीय सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् । उनले बढनीमा नेपाली र भारतीय सुरक्षा अधिकारीसँग संयुक्त समन्वय बैठक गरेर सुरक्षा व्यवस्था कसिलो बनाउनसमेत अनुरोध गरेका छन् ।

भारतको महाराजगन्ज जिल्लासँग जोडिएका सीमाका ३२ स्थानमा सुरक्षा निगरानी कम रहेको पहिचान गरी थप प्रहरी परिचालन गरिएको छ । कोरोना भाइरस संक्रमणका कारण सीमा क्षेत्र सिल भए पनि थप सुरक्षा सतर्कता अपनाइएको एसएसबीको ५० औं बटालियनका असिस्टेन्ट कमान्डेन्ट गौरवकुमार सिंहले बताए । भारतको महाराजगन्जसँग ७५ किलोमिटर र सिद्धार्थनगर जिल्लासँग नेपालको ८१ किलोमिटर सीमा जोडिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार