भाद्र २, २०८३ मंगलबार August 18, 2026

लायन्स क्लब अफ काठमाण्डाैं हेरिटेज धरहराको आयोजनामा वृक्षारोपण सम्पन्न (फोटो फिचर)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः लायन्स क्लव अफ काठमाण्डाैं हेरिटेज धरहराको अगुवाईमा वृक्षारोपण मलजल तथा गोडमेल कार्यक्रम सम्पन्न भएको छ ।

राजधानीको उत्तरी क्षेत्र तारकेश्वर नगरपालिका भित्र पर्ने भ्यू टावरको जग्गामा मंगलबार सम्पन्न भएको बृक्षारोपण कार्यक्रममा लायन्स क्लव अफ काठमाण्डाैं मिरमिरे, चन्द्रागिरी, भिक्ट्री र स्काईको समेत संयुक्त सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा गुलमोहर, चाँप, रुद्राक्ष, अशोका लगायत विभिन्न प्रजातिका १५० भन्दा बढी विरुवाहरु वृक्षारोपण गरिएको लायन्स क्लव अफ काठमाण्डाैं हेरिटेज धरहराका अध्यक्ष प्रसाद गुरुङले बताउनुभयो ।

डिष्ट्रीक ३२५ बी वान जोन- ३२ चेयर पर्शन नेत्र प्रसाद गुरागाँईको प्रमुख आतिथ्यतामा तथा क्लवका अध्यक्ष ला. प्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स  क्लव अफ काठमाण्डाैं हेरिटेज धरहरा लगायत चारवटै क्लबका वर्तमान तथा पूर्व पदाधिकारीहरु, लायन शुभचिन्तकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

वृक्षारोपण कार्यक्रमका संयोजक लायन्स क्लव अफ काठमाण्डाैं हेरिटेज धरहराका प्रथम उपाध्यक्ष ला. शक्ति श्रेष्ठले मलको ला. द्धितिय उपाध्यक्ष  ला. राजाराम थापाले कुटो कोदालो तथा कोषाध्यक्ष प्रदिप गिरीले पानीको ब्यवस्थापन गर्नुभएको सचिव आचार्य मछिन्द्रले युगखबर अनलाईनलाई बताउनुभयो ।

विश्वमा रहेका जीवहरुलाई बचाई रहेको रुख बिरुवालाई संरक्षण गर्नुपर्छ भनेर वृक्षारोपण कार्यक्रम आयोजना गरिएको ला. द्धितिय उपाध्यक्ष  ला. राजाराम थापाले बताउनुभयो । विभिन्न जातका बिरुवा गरी करिव १ सय ५० भन्दा बढी बिरुवा रोपीएको र अन्य २०० भन्दा बढी बिरुवाहरुमा गोडमेल गरिएको उहाँको दावी छ ।

हामी मानव जातिलाई बचाउने पृथ्वीलाई हामीले पनि बचाउनु पर्दछ भन्दै प्रथम उपाध्यक्ष ला. शक्ति श्रेष्ठले मल तथा विरुवा उपलब्ध गराएर सहयोग पुराउनु हुने समस्त धरहरा क्लबबासिहरुलाई विशेष धन्यवाद समेत दिनुभएको छ ।

रुख प्राणाीहरुको लागि अति नै आवश्यक भएकोले क्लबले वृक्षारोपण कार्यक्रम गर्नु प्रशंसनीय रहेको जोन- ३२ चेयर पर्शन नेत्र प्रसाद गुरागाँईको  भनाई छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार