कार्तिक ११, २०८३ बुधबार October 28, 2026

हेलिकप्टर दुर्घटना पर्यटनमन्त्रीसहित सात जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं . नेपाली राजनीतिका एक होनहार व्यक्तित्वको निधन भएको छ । सानै उमेरमा राजनीतिमा स्थापित हुन सफल हुनुभएको  हेलिकप्टर दुर्घटना पर्यटनमन्त्रीसहित सात जनाको मृत्यु भएको छ ।  एयर डाइनेस्टिको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

फुङलिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई ‘तारा’ले हेलिकप्टरमा सवार ७ जनाकै शव फेला परेको पुष्टि गरेका हो । दुर्घटनामा परेको हेलिकोप्टरका सबै भाग जलेर ध्वस्त भएको तर इन्धन भण्डार गर्ने भाग चाहिँ बाँकी रहेको प्रत्यक्षदर्शीले बताएका छन । उपप्रमुखका अनुसार दुर्घटनास्थल फुङलिङ नगरपालिका र भक्तालुङ गाउँपािलकाको सीमा क्षेत्रमा पर्छ । ‘हाल ताप्लेजुङमा कुहिरो लागिरहेको र पानी पनि परिरहेको भट्टराईले बताएका छन् ।

हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसँगै यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा,नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै एरोड्रम इन्जिनियरिङ विभागका प्रमुख ध्रुवदाश बजिमय, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, अर्जुनकुमार घिमिरे र पाइलट प्रभावकर केसीको मृत्यु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘अर्नब’को सम्भावित प्रभाव : उडान सुरक्षा, धावनमार्ग र सञ्चार प्रणाली तयारी अवस्थामा राख्न निर्देशन
२०८३ कार्तिक ११, बुधबार
चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने
२०८३ कार्तिक ११, बुधबार
महिला, शान्ति र सुरक्षा एजेन्डालाई अगाडि बढाउन प्रयास गर्न राष्ट्रसङ्घ प्रमुखको आह्वान
२०८३ कार्तिक ११, बुधबार
स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण
२०८३ कार्तिक ११, बुधबार
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
२०८३ कार्तिक ११, बुधबार
भारत–पाकिस्तान द्वन्द्व रोक्न भूमिका खेलेको ट्रम्पको दाबी
२०८३ कार्तिक ११, बुधबार
Birgunj customs revenue surpasses monthly target
२०८३ कार्तिक ११, बुधबार