कार्तिक ११, २०८३ बुधबार October 28, 2026

अन्तर्राष्ट्रिय चलचित्रहरूको सहभागितासहित ‘दोस्रो नीफ’ सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमण्डौंः दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ) ३१ देशका ६० भन्दाबढी चलचित्रहरूको प्रतिष्पर्धासहित सम्पन्न भएको छ। काठमाण्डौंको पर्यटन बोर्ड र राष्ट्रिय सभागृहमा यो महोत्सव पाँचदिनसम्म चलेको थियो।

गत सोमबार आयोजित समापन समारोहमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। नेपालका विशिष्ट र वरिष्ठ चलचित्रकर्मीहरू, प्राविधिकहरू, पत्रकारहरू, विदेशी पाहुनाहरू लगायतको उपस्थिति रहेको कार्यक्रममा पुरस्कृतहरूलाई ट्रफी र प्रमाण पत्र हस्तान्तरण गरिएको थियो।

नीफमा सहभागी प्रतिष्पर्धी चलचित्रहरूमध्ये सर्वोत्कृष्ट छनोट गर्न नेपालका वरिष्ठ निर्देशक तथा कलाकार नीर शाहको संयोजकत्वमा पाँच सदस्यीय निर्णायक समिति चयन भएका थिए। भारतका चर्चित चलचित्रकर्मी प्रेमेन्द्र मजुमदार, चीनको बेइजिङ चलचित्र एकेडेमीका प्रोफेसर ल्याङ स्याओ, क्यान्स चलचित्र फेस्टिभलका प्रोग्राम निर्देशक एन्ने डेलेच, नेपाली जनजाति तथा भाषाभाषी चलचित्रका वरिष्ठ चलचित्रकर्मी नविन सुब्बा निर्णायक सदस्यका रूपमा सहभागी थिए।

NIFF-Lawa Pyakurel

महोत्सवमा इओ सिउ हुआ निर्देशित सिंगापुरको चलचित्र ‘अ ल्यान्ड इमाजिन्ड’ ले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सर्वोत्कृष्ट भई ‘गौतम बुद्ध पुरस्कार’ जितेको थियो। पहिलो हुँदै चलचित्रले एक हजार डलरसहित ट्रफी र प्रमाण पत्र पाएको थियो। सुवर्ण सेनजुती तुसीको निर्देशन र लेखन रहेको भारत–बंगलादेशको ‘मीन आलाप’ ले सर्वोत्कृष्ट लघु चलचित्रको ‘माउन्ट एभरेस्ट पुरस्कार’ सहित पाँच सय डलर जितेको थियो।

नीफमा सहभागी चलचित्रमध्ये राष्ट्रिय लघु चलचित्रहरूको प्रतिस्पर्धामा ‘आमा’ बाट परिच्छेद सेनले सर्वोत्कृष्ट निर्देशक पुरस्कार प्राप्त गरेका थिए। सर्वोत्कृष्ट चलचित्र पुरस्कार नरेशकुमार केसी निर्देशित ‘डाइङ क्यान्डल’ ले पायो भने यसै चलचित्रबाट रविन आचार्यले सर्वोत्कृष्ट छायाँकारको पुरस्कार पाए। ‘डाइङ क्यान्डल’ ले ५० हजार रुपैयाँसहित प्रमाण पत्र पाएको थियो। सर्वोत्कृष्ट पटकथाको पुरस्कार शिवम् अधिकारी निर्देशित ‘पञ्चायत’ ले प्राप्त गरेको थियो। यसैगरी लघु वृत्तचित्रतर्फ २५ हजार रुपैयाँसहित सर्वोत्कृष्ट पुरस्कार सेनाङ ग्याम्जो तामाङ निर्देशित ‘सुपर मंक’ ले पाएको थियो। सर्वोत्कृष्ट सम्पादकको पुरस्कार यसै चलचित्रबाट लव प्याकुरेलले प्राप्त गरेका थिए। बंगलादेशको चलचित्र ‘कोमोला रकेट’ लाई जुरी पुरस्कार प्रदान गरिएको थियो।

महोत्सवको अन्तिम दिन सोमबार चीनको चलचित्र ‘अला चाङसो’ प्रदर्शन गरिएको थियो। नेपाल भाषाका दुई छोटा चलचित्र ‘द मिथ जिरो’ र ‘अस्तित्व’ पनि देखाइएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘अर्नब’को सम्भावित प्रभाव : उडान सुरक्षा, धावनमार्ग र सञ्चार प्रणाली तयारी अवस्थामा राख्न निर्देशन
२०८३ कार्तिक ११, बुधबार
चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने
२०८३ कार्तिक ११, बुधबार
महिला, शान्ति र सुरक्षा एजेन्डालाई अगाडि बढाउन प्रयास गर्न राष्ट्रसङ्घ प्रमुखको आह्वान
२०८३ कार्तिक ११, बुधबार
स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण
२०८३ कार्तिक ११, बुधबार
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
२०८३ कार्तिक ११, बुधबार
भारत–पाकिस्तान द्वन्द्व रोक्न भूमिका खेलेको ट्रम्पको दाबी
२०८३ कार्तिक ११, बुधबार
Birgunj customs revenue surpasses monthly target
२०८३ कार्तिक ११, बुधबार