असोज १४, २०८३ बुधबार September 30, 2026

सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार छः मुख्यमन्त्री कार्की

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

विराटनगर, २३ फागुनः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ ।

विराटनगर ट्रक व्यवसायी सङ्घको ३३औँ वार्षिक साधारणसभा एवं १७औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले सरकारले चाहेर पनि सबै काम गर्न नसक्ने भएकाले निजी क्षेत्रको साथ र सहयोग आवश्यक छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “उत्पादन बढाउने, राष्ट्रिय आय अभिवृद्धि गर्ने र रोजगार सिर्जना गर्नसक्ने निजी क्षेत्रसँग सहकार्य गर्न तत्पर छु ।” उहाँले विगतमा सिमसार क्षेत्र, वनभोज स्थल, मठमन्दिरमा गरेका लगानीबाट सोचेजति प्रतिफल प्राप्त हुन सकेकाले सरकार यसबाट पाठ सिकेर उत्पादन र सेवाका क्षेत्रमा लगानी गर्ने योजनामा रहेको जानकारी दिनुभयो ।

ट्रक व्यवसायी सङ्घको आग्रहमा ट्रक पार्किङस्थल निर्माणका गर्न प्रदेश सरकारले रु दुई करोड लगानी गरेको जानकारी दिँदै मुख्यमन्त्री कार्कीले भन्नुभयो, “पार्किङस्थल निर्माणबाट सडकमा थुप्रिएर रहेका ट्रकको पनि व्यवस्थापन हुने र यसबाट प्रदेश सरकारलाई आम्दानी पनि हुनेछ ।”

उहाँले असारे विकासलाई हतोत्साहित गर्न जेठ १५ गतेदेखि निर्माणका काम रोकी अनुगमनलाई प्रभावकारी ढङ्गले परिचालन गर्ने बताउनुभयो । साथै सरकार अब कृषि र पर्यटनका क्षेत्रमा योगदान दिन चाहेको धारणा राख्नुभयो ।

मुख्यमन्त्री कार्कीले राष्ट्रिय पुँजी निर्माण गर्न सरकारले लगानी सम्मेलन गर्न लागेको र यसबाट प्रदेशमा लगानीका सम्भावनाहरु बढ्ने, रोजगार सिर्जना हुने, उत्पादन एवं उत्पादकत्व पनि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार