असार १२, २०८३ शुक्रबार June 26, 2026

‘लोक सेवा आयोगले निष्पक्ष एवं पारदर्शी ढङ्गले काम गरिरहेको छ’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर, २३ फागुन : लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगले विगतको इतिहासलाई कायम राखी निष्पक्ष एवं पारदर्शी ढङ्गले काम गरिरहेको बताउनुभएको छ ।

आयोगको पाँचौँ राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले आयोगले स्थापित विधि, मापदण्ड र अभ्यासबाट आयोगले आफ्ना काम र गतिविधि सञ्चालन गरिरहेको बताउनुभयो । अध्यक्ष रेग्मीले सम्मेलनले प्रदेश लोक सेवा आयोगलाई प्रभावकारी बनाउन र यसको पवित्रतालाई बढोत्तरी गर्न मद्दत पु¥याउने धारणा राख्नुभयो ।

कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले आयोगले स्थापनाकालदेखि नै निष्पक्षता, स्वच्छता र पारदर्शितालाई कायम राखेकाले यो संस्थाप्रति आमनागरिकको आस्था बढ्दै गएको बताउनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले संविधानप्रदत्त अधिकारभित्र रही आयोगले कुशल एवं सक्षम राष्ट्रसेवक कर्मचारीहरू छात्र सक्नु निकै सराहनीय रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा प्रदेश लोक सेवा आयोगका अध्यक्षहरूमा कोशी प्रदेशका महेन्द्रप्रसाद गुरागाइँ, मधेस प्रदेशका शिवराम यादव, बाग्मती प्रदेशका महेश्व श्रेष्ठ, गण्डकी प्रदेशका विष्णुप्रसाद नेपाल, लुम्बिनी प्रदेशका डिलाराम भट्टराई, कर्णाली प्रदेशका कावा अध्यक्ष बसन्तीकुमारी सिंह र सुदूरपश्चिम प्रदेशका यज्ञराज बोहराले प्रदेश लोक सेवा आयोगले गरिरहेका काम र भोगिरहेका समस्याबारे अवगत गराउनुभयो । सम्मेलन दुई दिनसम्म सञ्चालन हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपाको महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
२०८३ असार १२, शुक्रबार
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
२०८३ असार १२, शुक्रबार
जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
२०८३ असार १२, शुक्रबार
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन
२०८३ असार १२, शुक्रबार
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
२०८३ असार १२, शुक्रबार
विश्वकप २०२६ : जर्मनीलाई स्तब्ध पार्दै इक्वेडर नकआउट चरणमा प्रवेश
२०८३ असार १२, शुक्रबार
आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण
२०८३ असार १२, शुक्रबार