असोज १४, २०८३ बुधबार September 30, 2026

भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माण सुरु भएको छ : गृहमन्त्री लेखक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बझाङ, २२ फागुनः गृहमन्त्री रमेश लेखकले भूकम्प प्रभावित क्षेत्रमा निजी आवासको पुनःनिर्माण कार्य सुरु भएको बताउनुभएको छ ।

बझाङमा भूकम्पीय पुनःनिर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाइ कार्यालय उद्घाटनमा गर्दै आज उहाँले भूकम्पले प्रभावित भएका जिल्लामा पुनःनिर्माणका लागि मापदण्ड, नियमावलीसँगै आवश्यक बजेटको व्यवस्था गरी जिल्ला कार्यालयबाटै निर्माण कार्यको थालनी भएको बताउनुभयो । “निजी आवास पुनःनिर्माणको कार्यसँगै सरकारी भवनको पुनःनिर्माणका लागि कार्यान्वयन इकाइले नै समन्वय गर्नेछ”, गृहमन्त्री लेखकले भन्नुभयो ।

उहाँले निजी आवास पुनःनिर्माण कार्यमा स्थानीय तहको महत्वपूर्ण भूमिका रहेको भन्दै स्थानीय तहले जति चाँडै लाभग्राही पहिचान तथा छनोट गरी सिफारीस ग¥यो त्यति चाँडो पुनःनिर्माण कार्य सुरु हुने बताउनुभयो ।

गृहमन्त्री लेखकले भूकम्पलगायत विपद् प्रभावितको पुनःस्थापना सरकारको प्राथमिकतामा रहेको र विकासका सवालमा सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार