असार १२, २०८३ शुक्रबार June 26, 2026

‘राष्ट्रियताका लागि गोर्खा समुदायको योगदान महत्त्वपूर्ण छ’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी, २३ फागुन : गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले विश्वसामु नेपाललाई चिनाउन वीर गोर्खाली सैनिकको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।

भारतीय ब्रिटिश तथा सिङ्गापुर गोर्खा पुलिसका समुदायबाट विसं २०६६ मा स्थापित गोर्खा कम्युनिटी पोखराद्वारा आज यहाँ आयोजित तेस्रो संस्करणको गोर्खा मेलाको उद्घाटन गर्दै उहाँले राष्ट्रियता संरक्षणका लागि गोर्खा समुदायले दिएको योगदान महत्त्वपूर्ण रहेको धारणा राख्नुभयो ।

वीर गोर्खालीका कारण नेपाल कहिल्यै कसैको उपनिवेश हुन नपरेको बताउँदै भट्टले विदेशी मुद्रा आर्जनको स्रोत गोर्खा सैनिकहरू रहेका बताउनुभयो । बेलायती र भारतीय सेना तथा सिङ्गापुर प्रहरी फौजमा गोर्खाली सैनिकले गरेको लामो र अति विशिष्टिकृत सेवाले यी मुलुकहरूसँग शताब्दीऔँ लामो मित्रताको आधार बन्नु महत्वपूर्ण उपलब्धिका रूपमा रहेको उहाँले उल्लेख गर्नुभयो ।

गोर्खा सैनिकहरूले जीवनका उर्जाशील वर्षहरूलाई विदेशी भूमिमा विभिन्न ओहदामा खर्चेर अवकाश प्राप्त गरी मातृभूमि नेपालमा फर्केर आफ्नो सीप र दक्षतालाई आयमूलक काम र सामाजिक योगदानमा समर्पित गरिरहेका उहाँले बताउनुभयो ।

शताब्दीदेखि ब्रिटिश र भारतीय सेनाका लागि गरिएको योगदान र बलिदानीको सम्मान गरी कुनै भेदभावविना समान सेवा सुविधा प्रदान गर्दै आफ्नो मुलुकको सुरक्षामा गरेको योगदानको कदर गर्नुपर्नेमा प्रमुख भट्टले जोड दिनुभयो । विदेशी मुद्रा आर्जन र व्यापार घाटामा ठूलो योगदान पुर्‍याउँदै आएको भूपू गोर्खा सैनिकको पैतृक र आर्थिक सम्पत्ति विदेश पलायन हुन नदिन राज्य पनि सचेत रहनुपर्ने उहाँको भनाइ छ ।

उहाँले विदेशमा कमाएको धन र सिकेका सीपलाई नेपाली माटोमा परिचालन गरी आत्मनिर्भरताको मार्गमा हिँड्न प्रेरित गरेकामा गोर्खा कम्युनिटीप्रति आभार व्यक्त गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपाको महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
२०८३ असार १२, शुक्रबार
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
२०८३ असार १२, शुक्रबार
जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
२०८३ असार १२, शुक्रबार
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन
२०८३ असार १२, शुक्रबार
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
२०८३ असार १२, शुक्रबार
विश्वकप २०२६ : जर्मनीलाई स्तब्ध पार्दै इक्वेडर नकआउट चरणमा प्रवेश
२०८३ असार १२, शुक्रबार
आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण
२०८३ असार १२, शुक्रबार