जेठ ९, २०८२ शुक्रबार May 23, 2025

‘प्रभावकारी कानुनले मात्रै विकासलाई सघाउँछ’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गलकोट (बागलुङ), २४ फागुनः गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले प्रभावकारी कानुनले विकासलाई सघाउने भएकाले कानुन निर्माण प्रक्रियामा मिडिया क्षेत्रबाट पर्याप्त सुझाव आउन आवश्यक रहेको बताउनुभयो ।

बागलुङमा आज आयोजित कार्यक्रममा उहाँले गण्डकी प्रदेशसभामा हाल मगर र गुरुङ भाषालाई कामकाजको भाषा बनाउने विषयमा छलफल भइरहेकाले यसमा पनि मिडियाबाट सकारात्मक सुझावको अपेक्षा रहेको बताउनुभयो । “पत्रकार जगत्बाट कानुन निर्माणमा पर्याप्त सुझाव आउन सकेको छैन । भाषाका विषयमा मात्रै होइन, स्थानीय मदिरालाई ब्राण्डिङ गर्ने विधेयक बनाइने सोच छ, यसमा पनि पर्याप्त सुझाव र छलफल आवश्यक छ । त्यसो गर्न सकेमा मात्रै कानुनमा अपनत्व र त्यसले विकासलाई सघाउ पुग्छ”, सभामुख धितालले भन्नुभयो ।

उहाँले सांसदले योजनामा मात्रै नभई कानुन निर्माणमा समेत ध्यान दिन आवश्यक रहेको बताउनुभयो । कानुनी सहजताले मात्रै विकास निर्माणलाई सहज बनाउने भएकाले यसमा ध्यान दिन आवश्यक रहेको सभामुख धितालको भनाइ थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया