असोज १४, २०८३ बुधबार September 30, 2026

समुन्नत राष्ट्र निर्माणमा सरकार अगाडि बढिरहेको छः मन्त्री राई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

रसुवा, २४ फागुनः रक्षामन्त्री मानवीर राईले देशको बृहत्तर हित र समुन्नत राष्ट्र निर्माणका लागि सरकारले सबै खाले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको बताउनुभएको छ ।

आज यहाँ रेडियो लाङ्टाङ एफएमले आयोजना गरेको मारुनी नाच प्रतियोगितामा उहाँले समृद्ध नेपाल निर्माण गर्ने सरकारको अभियानमा सबैले साथ दिनुपर्ने बताउनुभयो ।

मन्त्री राईले कला संस्कृतिको संरक्षण र संवर्द्धन गर्न आवश्यकता रहेको भन्दै आफ्ना कला संस्कृतिको संरक्षण गर्दै भावी पुस्तासम्म पु¥याउन एफएमले गरेको प्रयास सराहनीय भएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि सञ्चारकर्मीले जनमानसमा सत्यतथ्य र सकारात्मक सन्देश प्रवाह गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

मन्त्री राईले देश विकासका लागि शिक्षा नै अपरिहार्य भएकाले भावी सन्ततिलाई गुणस्तरीय उच्च शिक्षा हासिल गराउने वातावरणका लागि सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

मारुनी नाचअन्तर्गत गुरुङ, तामाङ, मगर नाचका साथै पञ्चैबाजा, लामा तथा झाँक्रीको कला, ब्राह्मणले गाउने बालन भजनजस्ता कला प्रस्तुत गरिएको रेडियो सञ्चालक गीता न्यौपानेले बताउनुभयो ।

कार्यक्रममा विवाहहरूमा गाइने खाँडोका श्लोक सुरेन्द्र राजाको पालादेखि हालसम्मको कथन प्रस्तुत गरिएको थियो ।

रेडियो सञ्चालक समिति अध्यक्ष सोहन सुवेदीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा होटल व्यवसायी छिरिङछेटेन तामाङ, नेपाल विद्युत् प्रधिकरणका सञ्जीप भट्टराई र सामाजिक व्यक्तित्व उत्तरगया गाउँपालिका–५ लहरे निवासी पिताम्वर आचार्यलाई सम्मान गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार