विदुर । नुवाकोट जिल्लाको लिखु गाउँपालिका वडा नं ४ मा रहेका क्षेत्रपाल माध्यमिक विद्यालयको नमुना विद्यालय भवनकोशिलान्याश गरिएको छ । शनिबार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष धुव्र श्रेष्ठले विद्यालय भवनकोशिल्यान्यास गर्नुभएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्र राईको सभापतित्वमा भएको कार्यक्रममा वडा नं १का वडा अध्यक्ष नरहरी पाण्डे,वडा नं २ का वडा अध्यक्ष भिम खले,वडा नं ५ का वडा अध्यक्ष रामकृष्ण श्रेष्ठ, वडा न. ४ कावडा सदस्य भोजराज न्योपाने, विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर राई विद्यालय अभिभावक संघका अधयक्ष रामचन्द्रअगस्ती लगायत समाजसेवी वुद्धिजिवि तथा स्थानीयको सहभागिता रहेको थियो ।
आठ कोठे पक्की भवनको निर्माण ६महिनाभित्र सक्ने लक्ष्य लियएको छ । कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष श्रेष्ठले विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया