चैत्र १३, २०८१ बुधबार March 26, 2025

उद्योग वाणिज्य संघ नुवाकोटमा कार्की प्यानलको वर्चश्व

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विदुर । नुवाकोट जिल्लाका व्यवसायीहरुको छाता संगठन नुवाकोट उद्योग बाणिज्य संघको हालै सम्पन्न भएको अधिवेशनमा लो कतान्त्रिक पक्षधर व्यवासीहरु निर्वाचित भएका छन् । शनिबार भएको मतदानको अन्तिम परिणाम अनुसार लोकतान्त्रिक पक्षधरव्यवसायीहरुका तर्फबाट नेतृत्व गरेका ताराबहादुर कार्कीको पुरै प्यानलले नै जित हासिल गरेको छ ।

नेपाली कांग्रेस निकटव्यवासीहरुले नेकपा निकट व्यवासीहरुलाई भारी मतकासाथ निर्वाचनमा हराएपछि नेपाली कांग्रेस निकै उत्साहित भएको छ ।

दुईदल एउटै नयाँ पार्टीनेकपाबाट उम्मेदको समर्थन प्राप्त गर्दै उम्मेदवार बनेका रमेश श्रेष्ठलाई कार्कीले निकै फराकिलो मतअन्तरकासाथ हराउन सफल हुनुभएको छ । निर्वाचनमा खसेको जम्मा मत १ हजार ४ सय ६२ मध्ये विजयी हुनुभएका कार्कीले ८ सय १७ मत र र पराजित श्रेष्ठले ५ सय ९४ मत प्राप्त गर्नुभएको थियो । उहाहरुबीचको मत अन्तर दुई सय ११ रहेको छ ।

यस्तै वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक पक्षकी गिता अमात्यले ८ सय ६४ मत ल्याएर विजयी भईन भने उनका प्रतिस्पर्धी रामकृष्ण भण्डारीले ५ सय ४५ मत मत प्राप्त गरेका थिए । यस्तै प्रथम उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ,द्धितिय उपाध्यक्षमा सन्तोष उप्रेती,महासचिवमा कृष्ण प्रसाद अधिकारीले पनि भारी मतकासाथ विजयी भएका छन् ।

कार्की प्यानलबाट सचिवमा उम्मेदवार बनेकाउपेन्द्र बढाथोकी, कोषाध्यक्षमा दिनेश श्रेष्ठ र प्रवक्तामा शबिन राजभण्डारीपनि भारी मतकासाथ विजयी भएका छन् । यस्तैमहिला सदस्यमा लिएना प्रधान श्रेष्ठ,अञ्जली राजभण्डारी,ज्ञानुमाया गिरी,खुला सदस्यमा निरोज कुमार खड्गी,मधुसुदनथपलीया,उद्धवराज पन्थ,सुचिता जोशी ,मेघनाथ घिमिरे,सुमन भण्डारी,गगन लामा,विष्णु प्याकुरेल, सरोज श्रेष्ठ, वस्तुगत सदस्यधुव्रकुमार रावल र उत्तम कुमार ढकाल पनि विजयी भएका छन् ।

विगतमा मुलुकमा भएको तीन तहको निर्वाचनमा नेपाली काग्रेस पराजित भएको नुवाकोटमा यस पटक भने कांग्रेसका हस्तीहरु समेत सक्रिय रुपमा नै उद्योग वाणिज्य संघमा कांग्रेस निकटव्यवसायीहरुलाई जिताउनका लागि सक्रिय भएर लागेका थिए । कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसी,डा रामशरण महत,बहादुर सिंह लामा पार्टी सभापति जगदीश्वरनरसिहं केसी सक्रिय रुपमा लागेका थिए ।

जसका कारण कांग्रेसले यो पटक राम्रोसन्देश दिन सफल भएको छ । आफु निकट व्यवसायीहरुले जित हात पारेपछि कांग्रेस नेता केसी नुवाकोट पुगेर नै बधाईदिनुभएको छ । उहाहरु व्यवसायीसँगै रातो अविरले सिगारिनु भएको देखिन्थ्यो । कांग्रेस एक हुँदाको परिणाम भन्दै कांग्रेस नेता

कार्यकर्ताहरुले पनि निकै खुशी साटासाट गरिरहेका देखिन्थ्यो भने सामाजिक सञ्जालमा पनि त्यस्तै भावका स्ट्याटसहरु देखिन्थे ।यसैबीच निर्वाचित अध्यक्ष कार्कीले नुवाकोट उद्योग बाणिज्य संघलाई अझ व्यवस्थित रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्तगर्नुभएको छ । आफु निर्वाचित भएपछि पहिलो पटक सार्वजनिक रुपमा व्यवासीहरलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले निर्वाचकाबेला आफुले व्यक्त गरेका प्रतिवद्धताहरु पुरा गराएरै छाड्ने दावी गर्नुभएको छ ।

उता अध्यक्षमा पराजित हुनुभएका अध्यक्षकाउम्मेदवार रमेश श्रेष्ठले अध्यक्षमा निर्वाचित कार्कीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभएको छ । उहाले समग्रनुवाकोट उद्योग व्यवसायको पक्षमा काम पनि पनि सुझाव दिनुभएको छ । श्रेष्ठले आफ्नो फेसबुक पेज मार्फत आफुलाई रआफ्नो टिमलाइृ मतदान गर्ने सबैलाई धन्यवाद पनि दिनुभएको छ । नुवाकोट पुकार साप्ताहिकबाट)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनलाई लक्षित गरेर दर्जनौं संस्थामाथि अमेरिकाद्वारा प्रतिबन्ध
२०८१ चैत्र १३, बुधबार
वेस्ट बैंकमा इजरायली सेनाद्वारा प्यालेस्टिनीको हत्या
२०८१ चैत्र १३, बुधबार
समाजलाई असल बाटोमा डोर्‍याउन गुणस्तरीय शिक्षा आवश्यक : उपप्रधानमन्त्री सिंह
२०८१ चैत्र १३, बुधबार
थाई प्रधानमन्त्री सिनावात्राले पाइन् संसदमा विश्वासको मत
२०८१ चैत्र १३, बुधबार
इटहरी सेन्टर प्लाजा आगलागी अपडेट : ११ जनाको उद्धार
२०८१ चैत्र १३, बुधबार
सलमानको सिकिन्दर माथी सेन्सर बोर्डको कैची, रन टाइम २ घन्टा ३० मिनेट
२०८१ चैत्र १३, बुधबार
दक्षिण कोरियामा डढेलो, १८ जनाको मृत्यु र २७ हजार विस्थापित
२०८१ चैत्र १३, बुधबार