असार ३, २०८३ बुधबार June 17, 2026

विप्लवका कार्यकर्ता धमाधम भित्र्याउदैः प्रचण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेत्र विक्रम चन्द विप्लव समूहका ब्यूरो सदस्य तथा बारा जिल्लाका पूर्व सचिव रमण घिमिरेसहित आठ जना नेता तथा कार्यकर्ताहरूले विप्लव नेतृत्वको उक्त पार्टी परित्याग गरी सोमबार सत्तारूढ (नेकपा)मा प्रवेश गरेका छन् ।

प्रचण्डको निजी निवास खुमलटारमा (नेकपा) का अध्यक्ष प्रचण्डले नवप्रवेशी ब्यूरो सदस्य घिमिरे सहित उक्त पार्टीका नेता तथा कार्यकर्ताहरूलाई अविर र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।

उक्त पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र रहँदासम्म आफूहरु कोही पनि कमजोर नहुने भन्दै वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन पाए हुन्थ्यो भन्नेमा प्रतिक्रियावादी रहेको समेत बताएका छन् ।

यसैबिच नेकपा अध्यक्ष प्रचण्डले नवप्रवेशीहरूलाइ पार्टीमा उचित जिम्मेवारी दिने समेत बताएका छन् । सोही अवशरमा रमण घिमिरेले आफूले बाटो बिराएको पश्चाताप भएपछि विप्लव समुह परित्याग गरेको बताएका थिए ।

पार्टी प्रवेश गर्नेहरुमा रमण घिमिरे, सुवास तिवारी, नवराज शर्मा, आवास मन्सुरी, राजकुमार केसी, सुरेश कुमार यादव, सन्दिपकुमार कार्की र विनोद केसी रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शान्तिका लागि ट्रम्पसँग दक्षिण कोरियाको आग्रह
२०८३ असार ३, बुधबार
रास्वपा महाधिवेशनमा आउने पाहुनाको सम्मानमा छुट
२०८३ असार ३, बुधबार
अमेरिका–इरान सम्झौताको पूर्वसन्ध्यामा तेल ट्याङ्करहरू समुद्रमा, तनाव घट्ने संकेत
२०८३ असार ३, बुधबार
सभामुख अर्याल र बंगलादेशका राजदूतबीच भेटवार्ता
२०८३ असार ३, बुधबार
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस आज : चरन क्षेत्र संरक्षण र पुनःस्थापनामा जोड
२०८३ असार ३, बुधबार
ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन
२०८३ असार ३, बुधबार
विश्वकपमा पोर्चुगलको अभियान आजदेखि, रोनाल्डोको नजर ऐतिहासिक उपाधिमा
२०८३ असार ३, बुधबार