श्रावण २०, २०८३ बुधबार August 5, 2026

गाजाको अस्पतालमा इजरायली आक्रमण : २८ जनाको मृत्यु, दर्जनौं घाइते

इजरायल र हमासबीचको यो द्वन्द्वमा हालसम्म गाजामा ५० हजारभन्दा बढी मानिस मारिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः गाजाको खान युनिसस्थित एक युरोपेली अस्पतालमा इजरायली हवाई आक्रमणमा २८ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।

यो जानकारी हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ताले दिएका हुन्।स्थानीय स्रोतका अनुसार इजरायली लडाकु विमानहरूले गाजाको यस अस्पतालमा एकैसाथ छ वटा बम खसालेका थिए, जुन अस्पतालको आँगन र वरपरका क्षेत्रहरूमा खसेका थिए।

इजरायली सेनाले ‘कमाण्ड एण्ड कन्ट्रोल सेन्टरमा हमास आतंककारीहरूमाथि सटीक हमला’ गरेको बताएको छ। इजरायलले यो केन्द्र अस्पताल मुनि रहेको दाबी गरेको थियो।

यस हवाई हमलामा गाजामा बीबीसीका लागि काम गर्ने एक स्वतन्त्र पत्रकार पनि घाइते भएका छन्। यद्यपि, उपचारपछि, उनको अवस्था अहिले स्थिर रहेको बताइएको छ।

७ अक्टोबर २०२३ मा सुरू भएको इजरायल र हमासबीचको यो द्वन्द्वमा हालसम्म गाजामा ५० हजारभन्दा बढी मानिस मारिएका छन्। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया