बैसाख १९, २०८३ शनिबार May 2, 2026

लुम्बिनी प्रदेशको रिक्त प्रदेशसभा सदस्यमा गुरुङ

शपथग्रहणसँगै प्रदेशसभाले पायो पूर्णता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तुलसीपुर(दाङ),१६ मङ्सिर : लुम्बिनी प्रदेशसभामा रिक्त रहेको प्रदेशसभा सदस्य पदमा रेवती गुरुङलाई चयन गरिएको छ ।

नेकपा (एमाले)बाट प्रतिनिधित्व गर्ने रुकुम पूर्वकी सरिता पुनको निधन भएपछि रिक्त रहेको पदमा रुपन्देही देवदह नगरपालिका–५ निवासी गुरुङलाई चयन गरिएको हो । समानुपातिक निर्वाचनतर्फबाट प्रदेशसभा सदस्य चयन हुनुभएकी गुरुङलाई सभामुख तुलाराम घर्तीमगरले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम २०७९ मङ्सिर ४ गते समानुपातिक निर्वाचन प्रणालीअनुसार सम्पन्न भएको निर्वाचन एवं निर्वाचन आयोगको यही मङ्सिर ११ गतेको निर्णयअनुसार उहाँ प्रदेशसभा सदस्य पदमा निर्वाचित हुनुभएको हो । उहाँको शपथग्रहणसँगै प्रदेशसभाले पूर्णता पाएको छ । यो सँगै लुम्बिनी प्रदेश सभामा ८७ जजना सदस्य रहेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया