श्रावण १०, २०८३ आइतबार July 26, 2026

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौं अधिवेशन महोत्तरीको बर्दिवासमा हुने

फाल्गुन १ गतेदेखि ३ गतेसम्म हुने अधिवेशन बर्दिवासमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

महोत्तरी। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौं  अधिवेशन महोत्तरीको बर्दिवासमा हुने भएको छ । फाल्गुन १ गतेदेखि ३ गतेसम्म हुने अधिवेशन बर्दिवासमा हुने तय भएको हो ।

दुई हजार प्रतिनिधि सहभागी हुने उक्त अधिवेशनको आन्तरिक तयारी भैइरहेको आयोजक पक्षले जनाएको छ ।देशैभरीबाट ठूलो संख्यामा सहभागी हुने कलाकारहरूलाई मध्यनजर गर्दै स्थानियहरू समेत निक्कै उत्साहित देखिएका छन् ।

`प्रर्वद्वनका दृष्टिकोणले यो ठूलो प्लेटफर्म हो । यसको कसरी सदुपयोग गर्ने भन्नेमा आयोजक पक्षले सोच्नुपर्ने देखिन्छ ।´ स्थानीय कृष्ण देवकोटाले भने । ` हामी जस्तोसुकै सहयोग गर्न तयार छौ ।´

आसन्न अधिवेशनको सम्बन्धमा आज भएको छलफलमा स्थानीयहरुले पाहुँनाहरुको लागि कोठाको समेत व्यवस्थापन गर्ने बताएका छन् ।

संस्थागत प्रतिनिधि, राजनिती  दलका प्रतिनिधि र स्थानिय संचारकर्मीहरुसगँ भएको छलफलमा अधिवेशनलाई भब्य बनाउने र उक्त प्लेटफर्मलाई अवसरकोरुपमा सदुपयोग गर्नुपर्ने धारणा राखे ।

नेकपा एमालेका युवा नेता निरोज अधिकारीले अधिवेशनमा देशैभरिका ख्यातिप्राप्त कलाकारहरुको आवागमन हुने भएकाले पर्यटकिय प्रर्वद्वनमा जोड दिनुपर्ने बताए ।त्यस्तै उधोग बाणिज्य संघका माहासचिव उत्तम श्रेष्ठले यो विशाल अवसरलाई सदुपयोग गर्न स्थानीय सरकार प्रतिवद्व बन्नु पर्नेमा ध्यानाकर्षण जनाएका छन् ।

`पर्यटकीय स्थलहरूको अधिवेशनको खुल्लासत्रमा फोटो प्रर्दशनी तथा आन्तरिक ठाउँहरुको प्रर्वद्वन गर्ने महत्वपूर्ण अवसर पनि हो ।´ उन्ले भने । `यसलाइ आयोजक पक्षले एउटा उपसमिति बनाएर काम गरोस् ।´

छलफल तथा अन्तर्कृया कार्यक्रममा स्थानीयले आर्थिक लगायत सवै प्रकारको सहयोग गर्ने प्रतिवद्वता जनाएका छन् । विशाल बस्नेत/ न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन
२०८३ श्रावण ९, शनिबार
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल
२०८३ श्रावण ९, शनिबार
कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण
२०८३ श्रावण ९, शनिबार
डा. गोविन्द केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ श्रावण ९, शनिबार
कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने
२०८३ श्रावण ९, शनिबार
सात लाख बढी घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
२०८३ श्रावण ९, शनिबार
समाजमा रक्तदानको संस्कार विकास गर्नुपर्छ : सभामुख यादव
२०८३ श्रावण ९, शनिबार