श्रावण १०, २०८३ आइतबार July 26, 2026

वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ प्रदर्शनमा

स्व थापाका शुभेच्छुकहरूबाट रकम सङ्कलन गरेर तयार गरिएको उक्त वृत्तचित्रलाई सुदीप भाजुले निर्देशन गरेका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २५ पुस । विवेकशील नेपाली दलका संस्थापक स्वर्गीय उज्ज्वल थापाका बारेमा तयार गरिएको वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ आजदेखि सार्वजनिक प्रदर्शन भएको छ ।

उज्ज्वल थापा फाउन्डेसनले तयार गरेको उक्त वृतचित्रमा स्व थापाले राष्ट्र निर्माणका लागि राजनीतिक, सामाजिक, आर्थिक पक्षमा गरेका योगदान, परिकल्पना, अभियान र युवा नेतृत्वको भूमिकालाई समावेश गरिएको छ । स्व थापाका शुभेच्छुकहरूबाट रकम सङ्कलन गरेर तयार गरिएको उक्त वृत्तचित्रलाई सुदीप भाजुले निर्देशन गरेका छन् । निर्देशक भाजुले वृतचित्र सुरू गर्दा र सकिनेबेलासम्ममा स्व थापाको जीवनीले आफूलाई प्रभाव पारेको बताए ।

“वृत्तचित्र सुरु गर्दा सामान्य मान्छेको असामान्य यात्रा भनेर सुरुआत गरेका थियौँ, तर उज्ज्वल दाइले गर्नुभएको कार्य कुनै सामान्य मान्छेले गर्न सक्दैन, उनको भौतिक शरीर हामीसँग नभए पनि उहाँको विचारले अझै हाम्रो दिमाग घोचिरहेको छ, यो नै उहाँको सफलता हो, यसमा हामीले उज्वल दाईलाई नजिकबाट चिन्ने र बुझ्नेको भनाइ समेट्ने प्रयास गरेका छौँ”, निर्देशक भाजुले भने ।

आइटी उद्यमी, सामाजिक अभियन्ता हुँदै विवेकशील नेपाली दलको नामबाट राजनीति यात्रा सुरुआत गरेका स्व थापाको प्राथमिकताको पहिलो नम्बरमा सधैँ देश नै रहेको उनकी श्रीमती एरिका अधिकारीले बताए ।

“आफ्नो परिवारलाई दोस्रो नम्बरमा राख्ने उज्ज्वलले देशलाई धेरै माया गर्नुहुन्थ्यो, उहाँले आफ्नो कमाइ नै ‘सोसल क्यापिटल’ रहेको बताउनुहुन्थ्यो, मैले त्यो उहाँ बिरामी हुँदा अस्पतालमा उपचारका लागि र यो वृत्तचित्र निर्माण गर्न स्वःस्फूर्त रुपमा आर्थिक सहयोग सङ्कलन भएको देखेर बुझेँ”, उहाँको विचारलाई अपनाएर केही गर्नसके मात्र पनि उहाँलाई शान्ति मिल्नेछ”, अधिकारीले भने ।

‘आन्टरप्रेनर्स’ फर नेपाल एवं वर्डप्रेस नेपाल कम्युनिटीका संस्थापकसमेत रहेका स्व थापा स्याङ्जाको सामान्य परिवारमा जन्मिए तापनि मल्टीमिडियामा स्नातक गरेर चर्चित सर्च इञ्जिन याहु डटकमसम्म पुगेका थिए । आइटी उद्यमशीलता सुरू गरेर नेपाली राजनीतिमा होमिएका थापालाई कोरोना र निमोनियाले च्यापेपछि २०७८ जेठमा निधन भएको थियो । वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ मा उनको बाल्यकालदेखिकै कथालाई समेटिएको छ ।

एक घण्टा ५० मिनेट अवधिको उक्त वृत्तचित्रलाई सार्वजनिक प्रदर्शन अगाडि बुधबार बेलुकी आयोजना गरिएको विशेष प्रदर्शनी (प्रिमियरं मा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वमन्त्री प्रदीप पौडेल, सुमना श्रेष्ठ, डाक्टर गोविन्द केसी, गायिका आनी छोइङ डोल्मा, राजनीतिज्ञ रवीन्द्र मिश्रलगायतले हेरेका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन
२०८३ श्रावण ९, शनिबार
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल
२०८३ श्रावण ९, शनिबार
कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण
२०८३ श्रावण ९, शनिबार
डा. गोविन्द केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ श्रावण ९, शनिबार
कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने
२०८३ श्रावण ९, शनिबार
सात लाख बढी घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
२०८३ श्रावण ९, शनिबार
समाजमा रक्तदानको संस्कार विकास गर्नुपर्छ : सभामुख यादव
२०८३ श्रावण ९, शनिबार