माघ ६, २०८२ मंगलबार January 20, 2026

धरानका मेयर हर्क साम्पाङले दिए राजीनामा

साम्पाङले उपप्रमुख समक्ष आफ्नो राजीनामा पत्र बुझाएर चुनावमा होमिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिनका लागि उनले आइतबार पदबाट राजीनामा दिएका हुन् ।

साम्पाङले उपप्रमुख समक्ष आफ्नो राजीनामा पत्र बुझाएका छन् ।

यसअघि आजै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिनका राजीनामा दिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया