श्रावण २०, २०८३ बुधबार August 5, 2026

देशमा विद्यमान समस्या समाधानका लागि हामीलाई सहयोग गर्नुहोस् : सभापति लामिछाने

आफू बालेन साहसँगको सहकार्यले निकै उत्साहित भएका र यसमा साथ दिन सबैलाई अपिल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा विद्यमान समस्या समाधानका लागि आफ्नो पार्टीलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।

Nepal News | Nepal's First Online News Portalरास्वपाद्वारा आज जनकपुरधाममा आयोजित  परिवर्तन उद्घोषसभामा उहाँले देशको विकास गर्ने सङ्कल्पसहित आफ्नो पार्टी अगाडि बढेको भन्दै सबैको सहयोग तथा सद्भाव आवश्यक रहेको बताउनुभएको हो ।

सभापति लामिछानेले आफ्नो पार्टी परिवर्तनको वाहक भएको जिकिर गर्दै त्यसका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनमा बहुमतका साथ विजयी गराउन अपिल गर्नुभयो । “हामी देश विकासको सङ्कल्पसहित अगाडि आएका छौँ । आउँदो निर्वाचनमा पार्टीले सबैभन्दा बढी मत ल्याए त्यो पूरा गर्न सहज हुनेछ”, उहाँले भन्नुभयो ।

सभापति लामिछानेले आफू विरुद्ध विगतका सरकारले धेरै मुद्दा तथा आरोप लगाएको भन्दै देश तथा जनताको मुद्दा बोकेको मानिसलाई अन्य मुद्दासँग मतलब नभएको धारणा राख्नुभयो । देशको हितलाई केन्द्रमा राखेका कारण आफू र बालेन साह एक ठाउँमा आएको उहाँको भनाइ थियो ।

सभापति लामिछानेले आफू बालेन साहसँगको सहकार्यले निकै उत्साहित भएका र यसमा साथ दिन सबैलाई अपिल गर्नुभयो ।

कार्यक्रममा पूर्व स्वतन्त्र सांसद डा अमरेशकुमार सिंह, मधेस प्रदेशसभाका निवर्तमान सदस्य रहवर अन्सारीलगायतलाई पार्टीमा स्वागत गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापा नाइस अवार्डबाट सम्मानित
२०८३ श्रावण २०, बुधबार
त्रिवि अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त
२०८३ श्रावण २०, बुधबार
राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने
२०८३ श्रावण २०, बुधबार
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार