श्रावण २०, २०८३ बुधबार August 5, 2026

बाबुराम भट्टराई गोरखा–२ बाटै प्रत्यक्ष चुनाव लड्ने

एमालेका चक्र मिलन र रास्वपाका कविन्द्र बुर्लाकोटीलाई धुलो चटाउने रणनितीमा बाबुराम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी आमनिर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने तयारी गरेका छन् । उनी आफ्नो गृहजिल्ला गोरखाको क्षेत्र नम्बर दुईबाट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को उम्मेदवार बन्न लागेका हुन् ।

स्थानीय मतदाताबाट निकै माग भएकाले भट्टराईलाई सो क्षेत्रमा उम्मेदवारीका लागि आग्रह गरिएको पार्टीका प्रवक्ता सन्तोष परियारले बताए । डा. भट्टराईबाट पनि सकारात्मक जवाफ आएको उनको भनाइ छ ।

‘अहिलेसम्म उहाँ उठ्नुहुन्छ भन्ने नै हो, औपचारिक निर्णय भोलि हुन्छ,’ परियारले भने ।

गोरखा २ मा एमालेले गुण्डागर्दी पृष्ठभूमिका चक्र मिलन (मिलन गुरुङ) उम्मेदवार बनाएको छ । यस निर्वाचन क्षेत्रबाट अघिल्लो चुनावमा माओवादी अध्यक्ष प्रचण्ड विजयी बनेका थिए । यसपटक उनी निर्वाचन क्षेत्र फेरेर रुकुम पुगेका छन् । नेपाली कम्युनिष्ट पार्टीले लेखनाथ न्यौपानेलाई टिकट दिएको छ । रास्वपाबाट कविन्द्र बुर्लाकोटी उम्मेदवार बन्दैछन् ।

भट्टराईले २०७० र २०७४ सालको चुनावमा गोरखा २ बाट जितेका थिए । २०७९ को चुनावमा उनले प्रचण्डलाई समर्थन गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापा नाइस अवार्डबाट सम्मानित
२०८३ श्रावण २०, बुधबार
त्रिवि अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त
२०८३ श्रावण २०, बुधबार
राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने
२०८३ श्रावण २०, बुधबार
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार