माघ ६, २०८२ मंगलबार January 20, 2026

सोनाम ल्होछार जस्ता पर्वले उज्यालो दिएको छ: अध्यक्ष ओली

तामाङ समुदायको जीवनदर्शन, भाषा, भेषभूषा, नृत्य र सङ्गीतको सौन्दर्य सोनाम ल्होछार पर्व रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होछार पर्वको शुभकामना दिनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत सोनाम ल्होछारको शुभकामना व्यक्त गर्नुहुँदै यस्ता पर्वले उज्यालो दिएको बताउनुभएको छ ।

“आज तामाङ समुदायको प्रमुख पर्व सोनाम ल्होछार, यो दिन तामाङ समुदायको नयाँ वर्षको दिन हो”, उहाँले भन्नुभएको छ, “हिमालको काखमा जन्मिएको हाम्रो बहुसंस्कृतिले हामीलाई यस्ता धेरै पर्वको उज्यालो दिएको छ र हामीलाई आपसी एकतामा रहन सिकाएको छ ।” अध्यक्ष ओलीले तामाङ समुदायको जीवनदर्शन, भाषा, भेषभूषा, नृत्य र सङ्गीतको सौन्दर्य सोनाम ल्होछार पर्व रहेको बताउनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया