असार ११, २०८३ बिहिबार June 25, 2026

लक्ष्यको ८१.४३ प्रतिशत राजस्व सङ्कलन

सात महिनाको अन्त्यसम्म लक्ष्यको तुलनामा ८१.४३ प्रतिशत मात्र प्रगति हासिल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, फागुन २ गते । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा छ खर्ब ६९ अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ । अर्थ मन्त्रालयले शुुव्रmबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालुु आवको माघ मसान्तसम्म छ खर्ब ६९ अर्ब ३२ करोड ९४ लाख रुपियाँ राजस्व सङ्कलन भएको हो ।

सो राजस्व सङ्कलन गत वर्षको सोही अवधिको तुलनामा ३.४५ प्रतिशतले बढी हो । गत आवको माघ मसान्तसम्म छ खर्ब ४२ अर्ब ४५ लाख ३९ हजार रुपियाँ राजस्व सङ्कलन  भएको थियो ।

मन्त्रालयले माघ मसान्तसम्म कुल आठ खर्ब १३ अर्ब ६३ करोड १२ लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । सात महिनाको अन्त्यसम्म लक्ष्यको तुलनामा ८१.४३ प्रतिशत मात्र प्रगति हासिल भएको छ ।

सरकारले चालु आवका लागि १४ खर्ब ८० अर्ब रुपियाँ कुल राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा माघसम्म सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको ४४.९३ प्रतिशत छ ।

यस्तै सरकारले भन्सार महसुलतर्फ एक खर्ब ७० अर्ब ५० करोड रुपियाँ सङ्कलन गर्ने लक्ष्य रहेकामा एक खर्ब ३५ अर्ब ३२ करोड रुपियाँ मात्र सङ्कलन भएको छ । यो लक्ष्यको ७९.३७ प्रतिशत मात्र हो ।

यस्तै मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ माघसम्म दुुई खर्ब १७ अर्ब २१ करोड रुपियाँ सङ्कलन गर्ने लक्ष्य राखिएकामा एक खर्ब ९६ अर्ब ४४ करोड १७ लाख रुपियाँ सङ्कलन  भएको छ ।

गत वर्ष सोही अवधिमा एक खर्ब ८२ अर्ब ६० करोड रुपियाँ सङ्कलन भएको थियो । भ्याट अन्तर्गत उत्पादन, बिक्री र सेवामा ७.८० प्रतिशत र पैठारीतर्फ ७.४२ प्रतिशतको वृद्धि भएको अर्थ मन्त्रालले जनाएको छ ।

यस्तै माघसम्म एक खर्ब १५ अर्ब ९८ करोड ७७ लाख रुपियाँ अन्तःशुुल्क सङ्कलन गर्ने लक्ष्य रहेकामा एक खर्ब पाँच अर्ब ४३ करोड रुपियाँ सङ्कलन भएको छ ।

गत वर्षको माघ मसान्तसम्म ९५ अर्ब नौ करोड रुपियाँ सङ्कलन भएकोमा यस वर्ष १०.८८ प्रतिशतले वृद्धि भई एक खर्ब पाँच अर्ब ४३ करोड रुपियाँ पुुगेको हो ।

आन्तरिक उत्पादनतर्फको अन्तःशुल्कमा १०.०५ प्रतिशत र पैठारीतर्फ १३.१४ प्रतिशतको वृद्धि भएको मन्त्रालयले जनाएको छ ।

आयकर र अन्य राजस्व (गैरकर) मा भने गिरावट देखिएको छ । आयकरतर्फ गत वर्ष माघ मसान्तसम्म एक खर्ब ५९ अर्ब ९६ करोड रुपियाँ सङ्कलन भएकामा ०.८१ प्रतिशतले घटेर एक खर्ब ५४ अर्ब ६६ करोड रुपियाँ सङ्कलन भएको छ । माघ मसान्तसम्म आयकरको लक्ष्य दुई खर्ब २० अर्ब सात करोड ५४ लाख रुपियाँ थियो ।

विभागीय रूपमा हेर्दा भन्सार विभागले माघ मसान्तसम्म दुई खर्ब ७८ अर्ब ४२ करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ । यो गत वर्षको तुलनामा ८.०४ प्रतिशतले बढी हो । भन्सारलाई यो अवधिमा तीन खर्ब ३२ अर्ब ११ करोड उठाउने लक्ष्य दिइएको थियो । यो सङ्कलन लक्ष्यको ८३.८४ प्रतिशत हो ।

यस्तै आन्तरिक राजस्व विभागले तीन खर्ब २० अर्ब रुपियाँ सङ्कलन गरेको छ । गत आवको तुुलनामा ४.२१ प्रतिशतको वृद्धि देखिएको छ । विभागले यो अवधिमा तीन खर्ब ९४ अर्ब १२ करोड रुपियाँ उठाउने लक्ष्य राखेको थियो । उठेको रकम लक्ष्यको ८१.३६ प्रतिशत हो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी
२०८३ असार ११, बिहिबार
सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी
२०८३ असार ११, बिहिबार
दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय
२०८३ असार ११, बिहिबार
इरान युद्धमा ८७ अर्ब डलर माग
२०८३ असार ११, बिहिबार
महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना
२०८३ असार ११, बिहिबार
दक्षिण कोरियामा माछा मार्ने डुङ्गा र एलपिजी ग्यासको ट्याङ्करबीच ठक्करहुदाँ छ जनाको उद्धार, दुई बेपत्ता
२०८३ असार ११, बिहिबार
तरकारी उत्पादनमा दोब्बरले वृद्धि
२०८३ असार ११, बिहिबार