असोज २६, २०८३ सोमबार October 12, 2026

सम्पत्ति शुद्धीकरण मुद्दामा शंकर अग्रवाल पक्राउ

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अनुसन्धान हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल लाई केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले पक्राउ गरेको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा उनलाई शुक्रबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग मा अनुसन्धान भइरहेको थियो, सोही क्रममा सीआईबीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार अग्रवालमाथि अवैध स्रोतबाट आर्जित सम्पत्तिको विषयमा छानबिन भइरहेको छ। पछिल्लो समय वित्तीय अनियमितता र अवैध सम्पत्ति सम्बन्धी मुद्दामा अनुसन्धान कडाइका साथ अघि बढाइएको छ।

पक्राउ परेका अग्रवाललाई हाल जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको छ भने आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नयाँ शिक्षा ऐन विद्यार्थीकेन्द्रित बनाउने मन्त्रालयको प्रतिबद्धता, बुटवलमा ‘शिक्षा संवाद’ सम्पन्न
२०८३ असोज २६, सोमबार
तिक्तता बिर्सेर भावनात्मक एकतासहितको कांग्रेस बनाउनुपर्छ : नवनिर्वाचित महामन्त्री पौडेल
२०८३ असोज २६, सोमबार
ओलीको चेतावनी : ‘बलजफ्ती र दमन भए प्रतिवादमा उत्रिन्छौँ’
२०८३ असोज २६, सोमबार
स्वास्थ्यमन्त्री मेहता र दक्षिण कोरियाली राजदूतबीच भेटवार्ता
२०८३ असोज २६, सोमबार
चुम उपत्यका पुगेका पर्यटक अलपत्र
२०८३ असोज २६, सोमबार
काँग्रेस सहमहामन्त्री मतगणना : २८ सय ८९ मतगणना हुँदा कसको कति मत ? यस्तो छ पछिल्लो परिणाम
२०८३ असोज २६, सोमबार
सामान्य बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
२०८३ असोज २६, सोमबार