असोज २६, २०८३ सोमबार October 12, 2026

मानव अधिकार हनन हुन नदिन माग

समाजमा विभेदका घटना कायम रहेकाले मानव अधिकार रक्षकहरुको भूमिकालाई थप सशक्त बनाउनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

विराटनगर, २१ चैतः मानव अधिकार रक्षकहरुले राज्यलाई कानुन र नीतिनिर्माण गर्न, बजेटको व्यवस्था गर्न, स्पष्ट संरचना र समुदायको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न पहल गर्न माग गरेका छन्

दलित महिला सङ्घ (फेडो) र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा आज यहाँ आयोजित कार्यक्रममा समाजमा विभेदका घटनाहरु रहेसम्म मानवअधिकार हननका घटना हुने बताए ।

सो अवसरमा इन्सेक कोशी प्रदेशका संयोजक मनोहर पोखरेलले समाजमा विभेदका घटना कायम रहेकाले मानव अधिकार रक्षकहरुको भूमिकालाई थप सशक्त बनाउनुपर्ने बताउनुभएको छ ।

फेडोका कार्यक्रम संयोजक नरबहादुर आउजीले असमानता र विभेद बढी भए समृद्धि र विकासको गति कमजोर हुने बताउनुभयो ।

कार्यक्रममा कोशी प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालका संयोजक देवी बास्कोटाले कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।

फेडो मोरङका अध्यक्ष शर्मिला परियारले स्वागत गर्नुभएको कार्यक्रममा सञ्जालका पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नयाँ शिक्षा ऐन विद्यार्थीकेन्द्रित बनाउने मन्त्रालयको प्रतिबद्धता, बुटवलमा ‘शिक्षा संवाद’ सम्पन्न
२०८३ असोज २६, सोमबार
तिक्तता बिर्सेर भावनात्मक एकतासहितको कांग्रेस बनाउनुपर्छ : नवनिर्वाचित महामन्त्री पौडेल
२०८३ असोज २६, सोमबार
ओलीको चेतावनी : ‘बलजफ्ती र दमन भए प्रतिवादमा उत्रिन्छौँ’
२०८३ असोज २६, सोमबार
स्वास्थ्यमन्त्री मेहता र दक्षिण कोरियाली राजदूतबीच भेटवार्ता
२०८३ असोज २६, सोमबार
चुम उपत्यका पुगेका पर्यटक अलपत्र
२०८३ असोज २६, सोमबार
काँग्रेस सहमहामन्त्री मतगणना : २८ सय ८९ मतगणना हुँदा कसको कति मत ? यस्तो छ पछिल्लो परिणाम
२०८३ असोज २६, सोमबार
सामान्य बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
२०८३ असोज २६, सोमबार