असोज २४, २०८३ शनिबार October 10, 2026

सरकारको नीति कार्यक्रम आजः संसद् भवन परिसर झकिझकाउ

आजै दिउँसो २ः०० बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २८ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनको पूर्व तयारीस्वरुप सिंहदरबारमा पूर्वाभ्यास (रिहर्सल) गरिएको छ ।

यस क्रममा सङ्घीय संसद् भवन परिसरमा उपसभामुख रुवी कुमारी र सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले स्वागतको पूर्वाभ्यास गर्नुभयो । त्यसक्रममा रिसल्ला सवारी र नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पणको पूर्वअभ्यास गरेको थियो ।

राष्ट्रपतिको सम्मानमा संसद् भवन परिसरलाई सिङ्गारेर राष्ट्रिय झण्डाले झकीझकाउ पारिएको छ ।

सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । त्यसका लागि अपराह्न ४ः०० बजे सङ्घीय संसद्को संयुक्त बैठक आह्वान गरिएको छ ।

सङ्घीय संसद्का सदस्यहरुलाई ३ः४५ बजेभन्दा अगाडि नै संयुक्त सभाको बैठकका लागि प्रतिनिधिसभा कक्ष (बहुउद्देश्यीय कक्ष)मा उपस्थित हुनका लागि आग्रह गरिएको छ ।

आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलद्वारा आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुने नीति तथा कार्यक्रमको सम्बोधनलाई स्वीकृत गरेको थियो ।

त्यसअघि आजै दिउँसो २ः०० बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्दैछ । बैठकमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा जारी विभिन्न आठ अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जनमत पार्टीद्वारा पाँच विशेष समिति गठन, पदाधिकारी पनि चयन
२०८३ असोज २४, शनिबार
यी हुन् एमाले स्थायी कमिटी बैठकले गरेका निर्णयहरु
२०८३ असोज २४, शनिबार
एमालेको केन्द्रीय कमिटी विस्तार, १३ नेता थपिए (सूची हेर्नुहोस्)
२०८३ असोज २४, शनिबार
नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज
२०८३ असोज २४, शनिबार
एमालेको चुनावी रणनीति : राष्ट्रिय भेला, नेतृत्व पुनःगठन र घरदैलो अभियान चलाउने
२०८३ असोज २४, शनिबार
युद्ध अन्त्यको प्रयासमा अमेरिका, युक्रेन र युरोपेली अधिकारीबीच वार्ता
२०८३ असोज २४, शनिबार
कोशी प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य
२०८३ असोज २४, शनिबार