असोज २४, २०८३ शनिबार October 10, 2026

सेनाद्वारा च्याम्ताङ–घोङ्गप्पा सडक हस्तान्तरण

सडक सञ्चालन भएसँगै सीमामा भन्सार कार्यालय स्थापना हुनुपर्ने स्थानीयको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

किमाथाङ्का (सङ्खुवासभा), २९ वैशाखः सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित च्याम्ताङ–घोङ्गप्पा सडक निर्माण सम्पन्न भएको छ ।

राष्ट्रिय गौरवको सो सडक नेपाली सेनाले निर्माण गरेको हो । भौगोलिक रूपमा विकट मानिएको उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्काको साढे १० किलोमिटर सडक आयोजनाको ‘ट्रयाक’ र स्तरोन्नति गरिएको हो ।

खाँदबारी–किमाथाङ्का सडकखण्डअन्तर्गत पर्ने उक्त सडक सोमबार एक कार्यक्रमबीच उत्तर–दक्षिण (कोशी) सडक योजनालाई हस्तान्तरण गरिएको हो । सेनाले जिम्मेवारी पाएको १० दशमलव ८१ किलोमिटर सडक उत्तर दक्षिण कोशी सडक कार्यालयलाई हस्तान्तरण गरिएको आयोजना प्रमुख प्रमुख सेनानी शम्शेरबहादुर सिंहले बताउनुभयो ।

सडक निर्माण सुरु भएको करिब पाँच वर्षपछि सेनाले उक्त सडकखण्ड सम्पन्न गरेर हस्तान्तरण गरेको आयोजना प्रमुख सिंहले बताउनुभयो । सडक हस्तान्तरण कार्यक्रममा रक्षा मन्त्रालयका उपसचिव रामेश्वर पोख्रेल र प्रेमप्रसाद न्यौपाने सडक उत्तर दक्षिण कोशी सडक कार्यालयका प्रमुख रामबहादुर गुरुङसहितको उपस्थिति रहेको थियो ।

सेनाले २०७७ फागुन २४ गते च्याम्ताङ–घोङ्गप्पा सडक निर्माण सुरु गरेको थियो । सेनाको विकास निर्माण निर्देशनालयअन्तर्गत निर्माण सम्पन्न गरिएको यो सडक अब स्थानीय नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण पूर्वाधारका रूपमा स्थापित भएको छ ।

उत्तर–दक्षिण (कोशी) सडक योजनाका प्रमुख गुरुडले कठिन भूगोल, विकट वातावरण र प्राविधिक चुनौतीबीच सेनाले जिम्मेवारी सफलतापूर्वक पूरा गरेको बताउनुभयो । सेनाले सडक निर्माण तोकिएको समयमै गुणस्तरयुक्त ढङ्गबाट जिम्मेवारी पूरा गरेको हो ।

खाँदबारी–किमाथाङ्का सडकखण्डको १६२ किलोमिटरमध्ये १० दशमलव ८१ किलोमिटर सडक निर्माणको जिम्मा सेनाले पाएको थियो । कडा चट्टान र भौगोलिक विकटता भएका कारण सेनाले हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी गरेर सडक निर्माणको काम गरेको थियो । उत्तरी क्षेत्रमा पर्ने किमाथाङ्का नाका भौगोलिक हिसाबले दुर्गम क्षेत्र मानिन्छ । किमाथाङ्का–जोगबनी खण्ड छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडकका रूपमा मानिन्छ । कडा चट्टान फोर्न विस्फोटक पदार्थ आवश्यक पर्ने भएकाले २०७६ भदौ २२ गतेको मन्त्रिपरिषद् बैठकले सेनालाई सडक निर्माणको जिम्मेवारी दिएको थियो ।

किमाथाङ्का–जोगबनी सडकखण्ड सञ्चालन भएपछि कोशी प्रदेशका सङ्खुवासभा, धनकुटा, तेह्रथुम, सुनसुरी, मोरङ, झापार भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । सडक विस्तारसँगै यस क्षेत्रमा व्यापार, व्यवसाय पनि विस्तार हुने स्थानीयको अपेक्षा छ । सडक सञ्चालन भएसँगै सीमामा भन्सार कार्यालय स्थापना हुनुपर्ने स्थानीयको माग छ । खाँदबारी–किमाथाङ्का सडक निर्माणमा हालसम्म रु ६२ करोड ३६ लाख ६७ हजार खर्च भइसकेको आयोजना कार्यालयले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जनमत पार्टीद्वारा पाँच विशेष समिति गठन, पदाधिकारी पनि चयन
२०८३ असोज २४, शनिबार
यी हुन् एमाले स्थायी कमिटी बैठकले गरेका निर्णयहरु
२०८३ असोज २४, शनिबार
एमालेको केन्द्रीय कमिटी विस्तार, १३ नेता थपिए (सूची हेर्नुहोस्)
२०८३ असोज २४, शनिबार
नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज
२०८३ असोज २४, शनिबार
एमालेको चुनावी रणनीति : राष्ट्रिय भेला, नेतृत्व पुनःगठन र घरदैलो अभियान चलाउने
२०८३ असोज २४, शनिबार
युद्ध अन्त्यको प्रयासमा अमेरिका, युक्रेन र युरोपेली अधिकारीबीच वार्ता
२०८३ असोज २४, शनिबार
कोशी प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य
२०८३ असोज २४, शनिबार