जेठ ७, २०८३ बिहिबार May 21, 2026

सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग

प्रधानमन्त्री र मन्त्रीहरू नियमित उपस्थित भई सदनमा उठान भएका प्रश्नहरूको स्पष्ट जवाफ दिनुपर्ने माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ७ जेठ : प्रतिनिधिसभाको आजको बैठक सुरुहुनासाथ श्रम संस्कृति पार्टीका सदस्यहरू आ आफ्नो आसनबाट उठेर भनाइराख्न सभामुखसंग समय माग गर्नुभयो ।

यसपछि सभामुख डोलप्रसाद अर्यालले सो पार्टीका अध्यक्ष हर्कराज राईलाई बोल्ने समय दिनुभयो । अध्यक्ष राईले जनताको सार्वभौम थलो प्रतिनिधिसभासभामा प्रधानमन्त्री र मन्त्रीहरू नियमित उपस्थित भई सदनमा उठान भएका प्रश्नहरूको स्पष्ट जवाफ दिनुपर्ने माग गर्नुभयो । उहाँले प्रधानमन्त्री वालेन्द्र शाहले गृह र रक्षासमेतको कार्यभार सम्हालेको अवस्थामा सीमा सुरक्षा, सुकुमवासीको व्यवस्थापनलगायत विषयमा जवाफ दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सभामुख अर्यालले अध्यक्ष राईको भनाइप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सो पार्टीका सांसदसँग आसन ग्रहण गर्न आग्रह गर्नुभएको थियो । सो दलका सदस्यहरूले सरकारको जवाफदेहिताको माग गर्दै सदनमा बुधबार ‘प्ले कार्ड’ समेत प्रदर्शन गरेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया