जेठ ८, २०८३ शुक्रबार May 22, 2026

रास्वपाले नेपाली जनतालाई निराश हुन दिँदैन : महामन्त्री बुर्लाकोटी

नागरिकले चाहेजस्तो शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासनका क्षेत्रमा सरकारले प्रभावकारी काम भइरहेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पर्वत । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले राष्ट्रिय स्वतन्त्र पार्टीले जनतालाई निराश हुन नदिने बताउनुभएको छ ।

पर्वत सदरमुकाम कुश्माबजारमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले नागरिकले चाहेजस्तो शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासनका क्षेत्रमा सरकारले प्रभावकारी काम भइरहेको बताउनुभयो ।

महामन्त्री बुर्लाकोटीले देशमा भएका बेतिथि र विसङ्गतिको जालाहरू तोड्नका लागि नेपाली जनताले पार्टीलाई करिब दुई तिहाइको बहुमत दिएर सरकारमा पठाएको बताउँदै विपक्षी दलहरूले जतिसुकै विरोध गरे पनि त्यस्ता जालाहरू तोडेरै छाड्ने बताउनुभयो ।

उहाँले जनताको निराशालाई आशामा बदल्न काम नै गरेर देखाउनुपर्ने बताउँदै सोही कारणले संसद्मा प्रधानमन्त्री आउन नभ्याउनुभएको बताउनुभयो । काम गर्ने बेलामा फोन उठाएर र संसद्मा बोलेर नतिजा दिन नसकिने बताउँदै महासचिव बुर्लाकोटीले काम नै गरेर देखाउने भएकाले कम्तीमा छ महिना पर्खेर हेरिदिन आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सागर भुसालले समग्र पर्वत जिल्लाको विकास र समृद्धिका लागि आफू निरन्तर लागिपरेको बताउनुभयो ।

उहाँले आफूले पालिका सचिवालय सदस्यहरू नियुक्तिको विषयमा आलोचना भए पनि सहजतासहितको कार्यसम्पादनका लागि गठन गरिएको दाबी गर्दै आजैबाट विघटन गरेको घोषणा समेत गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजाका जहाजबाट पक्राउ इन्डोनेसियाली स्वदेश फिर्ता
२०८३ जेठ ८, शुक्रबार
लुम्बिनी प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत
२०८३ जेठ ८, शुक्रबार
प्रधानन्यायाधीश शर्मालाई बारको ध्यानाकर्षण
२०८३ जेठ ८, शुक्रबार
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ : नेपालले अमेरिकालाई १२२ रनले हरायो
२०८३ जेठ ८, शुक्रबार
लुम्बिनीका मुख्यमन्त्री र सुदूरपश्चिम प्रदेश प्रमुखबीच भेट
२०८३ जेठ ८, शुक्रबार
रास्वपाले नेपाली जनतालाई निराश हुन दिँदैन : महामन्त्री बुर्लाकोटी
२०८३ जेठ ८, शुक्रबार
सरकारविरुद्ध आन्दोलनको तयारी भइरहेको प्रचण्डको दाबी
२०८३ जेठ ८, शुक्रबार