जेठ १०, २०८३ आइतबार May 24, 2026

रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

आगामी असार ७, ८ र ९ गते चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन आयोजना हुँदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम राष्ट्रिय महाधिवेशन तयारी कार्यतालिका स्वीकृत गरेको छ । सो पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशन तयारी कार्यतालिकाका बारेमा प्रदेश र जिल्ला सभापतिलाई जानकारी गराएको छ ।

स्वीकृत कार्यतालिकाअनुसार यही जेठ १५ गतेसम्म ७७ जिल्ला तथा सात प्रदेशमा निर्वाचन समिति गठन गरिसक्नुपर्नेछ ।

यस्तै यही जेठ २० गतेसम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन सङ्कलन तथा जेठ ३० गतेसम्म जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेस हुनेछन् ।

यस्तै जेठ २५ गतेसम्म महाधिवेशन प्रतिनिधिको नामावली पेस गर्ने, आगामी असार ५ गतेसम्म प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारीको विवरण पेस र विद्युतीय मतदान सम्बन्धी छलफल हुने केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले जानकारी दिनुभयो ।

रास्वपाले आगामी असार ७, ८ र ९ गते चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन आयोजना गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्न इरान सम्झौता घोषणाको तयारी – मार्को रुबियो
२०८३ जेठ १०, आइतबार
पाकिस्तान : बलुचिस्तान रेल विस्फोटमा २४ जनाको मृत्यु
२०८३ जेठ १०, आइतबार
प्रतिनिधिसभामा विरोध जारी राख्ने विपक्षी दलहरूको निर्णय
२०८३ जेठ १०, आइतबार
काभा महिला भलिबल च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा
२०८३ जेठ १०, आइतबार
हुम्ला-बाजुरा सीमा तनावपछि गृह मन्त्रालयद्वारा छानबिन टोली गठन
२०८३ जेठ १०, आइतबार
नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे
२०८३ जेठ १०, आइतबार
काँग्रेसले बोलायो नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक
२०८३ जेठ १०, आइतबार