श्रावण १९, २०८३ मंगलबार August 4, 2026

एमालेले सच्यायो योगेश भट्टराईको वरीयता, कति नम्बरमा पुगे ?

नयाँ वरीयता अनुसार लेखराज भट्ट पहिलो, योगेश भट्टराई दोस्रो तथा रघुबीर महासेठ तेस्रो नम्बरमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, जेठ १० । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराई को वरीयता सचिवालय बैठकले सच्याएको छ। यसअघि प्रस्तावित वरीयतामा भट्टराई तेस्रो नम्बरका उपमहासचिव रहेका थिए। तर सचिवालय बैठकले उनको वरीयता सुधार गर्दै दोस्रो नम्बरमा राख्ने निर्णय गरेको हो।

सच्याइएको नयाँ वरीयता अनुसार लेखराज भट्ट पहिलो, योगेश भट्टराई दोस्रो तथा रघुबीर महासेठ तेस्रो नम्बरमा रहनेछन्।

यसअघि प्रस्तावित सूचीमा रघुबीर महासेठ दोस्रो नम्बरमा रहेका थिए। सचिवालय बैठकपछि एमाले नेतृत्वले उपमहासचिवहरूको नयाँ वरीयता टुंगो लगाएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार