कार्तिक २, २०८३ सोमबार October 19, 2026

सभामुख अर्यालसँग राजदूत पार्कको शिष्टाचार भेटवार्ता

राजदूत पार्कले नेपाललाई कोरियाले विकास साझेदारका रूपमा प्राथमिकतामा राखेको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ११ जेठः प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ योङले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटमा नेपाल–कोरिया सम्बन्ध, लगानी, प्रविधि, श्रम तथा संसदीय साझेदारीका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । भेटमा सभामुख अर्यालले कोरियाले नेपालको विकास, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो । नेपालमा नयाँ जनादेशसहित सरकार गठन भएको उल्लेख गर्दै विदेशी लगानी तथा विकास साझेदारीका लागि वातावरण थप सहज बन्दै गएको सभामुख अर्यालले बताउनुभयो ।

नेपाल–कोरिया संसदीय मैत्री समूह गठनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै सभामुख अर्यालले दुई देशका सांसदहरुबीच अनुभव आदानप्रदानलाई थप सुदृढ बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले नेपाल प्रविधिको अधिकतम प्रयोगतर्फ अघि बढिरहेको उल्लेख गर्दै कोरियाली लगानीकर्तालाई नेपालको सूचना प्रविधि तथा प्राविधिक क्षेत्रमा लगानी गर्न आग्रहसमेत गर्नुभयो ।

सभामुख अर्यालले कोरियाली पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गर्न तथा नेपाल वायुसेवाको सिधा सिओल उडानका लागि सहजीकरण गर्न पनि कोरियाली सरकारसँग अनुरोध गर्नुभयो । नेपाल–कोरिया सम्बन्ध सरकारस्तरमा मात्र नभई जनताबीचको सम्बन्धका रूपमा समेत विकसित भएको उहाँको भनाइ थियो ।

राजदूत पार्कले नेपाललाई कोरियाले विकास साझेदारका रूपमा प्राथमिकतामा राखेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, कृषि, आर्थिक विकास र रोजगारी क्षेत्रमा सहकार्य जारी रहेको बताउनुभयो । उहाँका अनुसार रोजगार अनुमति प्रणालीअन्तर्गत हालसम्म करिब एक लाख २० हजार नेपालीले कोरियामा रोजगारीको अवसर पाएका छन् भने ५० हजार नेपाली हाल त्यहाँ कार्यरत छन् ।

राजदूत पार्कले नेपाली कामदारले कोरियाको उत्पादनमूलक तथा कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै श्रमिकको स्वास्थ्य, सुरक्षा र सम्मानमा कोरिया सरकार संवेदनशील रहेको बताउनुभयो । विदेशबाट फर्किएका नेपालीलाई पुनःस्थापना तथा उद्यमशीलतामा सहयोग गर्ने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली महिला यु–१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा
२०८३ कार्तिक २, सोमबार
ट्रम्पको इन्धन मूल्य घटाउने प्रयास : रुससँग डिजेल आपूर्ति सम्झौता अन्तिम चरणमा
२०८३ कार्तिक २, सोमबार
नवरात्रको नवौँ दिन : आज पनि महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने
२०८३ कार्तिक २, सोमबार
दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
२०८३ कार्तिक २, सोमबार
भोटेकोशी बाढी प्रभावित ४९ परिवारलाई राहत वितरण
२०८३ कार्तिक २, सोमबार
आजको मौसमः माैसम सामान्यतया सफा रहने
२०८३ कार्तिक २, सोमबार
आज सोमबार : कुन राशिलाई शुभ, कुनलाई मध्यम ? हेर्नुहोस् राशिफल
२०८३ कार्तिक २, सोमबार