जेठ १६, २०८३ शनिबार May 30, 2026

एमालेले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल माध्यममा रूपान्तरण गर्ने

सदस्यता व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी, प्रभावकारी तथा आधुनिक प्रविधिसँग आबद्ध बनाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, जेठ १६ गते । नेकपा (एमाले) ले पार्टी सदस्यता नवीकरण तथा अभिप्रेरणासम्बन्धी राष्ट्रिय कार्यशाला जेठ २० र २१ गते काठमाडौंमा गर्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालयमा आज महासचिव शंकर पोखरेलको आतिथ्यतामा सम्पन्न बैठकले सो निर्णय गरेको हो।

कार्यशालामा पार्टी प्रदेश इन्चार्ज, जिल्ला इन्चार्ज, प्रदेश पदाधिकारी, प्रदेश कार्यालय सचिव, प्रदेश संगठन विभाग प्रमुख, जिल्ला अध्यक्ष, जिल्ला संगठन विभाग प्रमुख, जनसंगठनका केन्द्रीय इन्चार्ज तथा अध्यक्ष, साथै जनसंगठनका संगठन हेर्ने सचिव तथा संगठन प्रमुखहरूको सहभागिता रहने बताइएको छ।

पार्टीका सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालका अनुसार एमालेले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल माध्यममा रूपान्तरण गर्ने तयारी गरेको छ। सदस्यता नवीकरण, अभिलेखीकरण तथा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित कार्यशाला आयोजना गर्न लागिएको हो।

जेठ २० गते बिहान ११ बजेदेखि सुरु हुने कार्यशालामा डिजिटल सदस्यता प्रणालीको प्रयोग, सदस्यता नवीकरण प्रक्रिया तथा संगठनात्मक सुदृढीकरणका विषयमा प्रशिक्षण र अभिमुखीकरण प्रदान गर्नेछ ।

पार्टीले कार्यशालामार्फत सदस्यता व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी, प्रभावकारी तथा आधुनिक प्रविधिसँग आबद्ध बनाउने जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य
२०८३ जेठ १६, शनिबार
आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री हुनेछ : मुख्यमन्त्री बानियाँ
२०८३ जेठ १६, शनिबार
एमालेले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल माध्यममा रूपान्तरण गर्ने
२०८३ जेठ १६, शनिबार
मुक्तिनाथमा दर्शनार्थी खचाखच
२०८३ जेठ १६, शनिबार
‘नेपाल-भारतबीच पत्रकारिता क्षेत्रमा सहकार्य विस्तार आवश्यक छ’
२०८३ जेठ १६, शनिबार
इरानसँगको सम्झौताबारे राष्ट्रपति ट्रम्पको बैठकबाट अझै निष्कर्ष आउन सकेन
२०८३ जेठ १६, शनिबार
अमेरिकी र क्युबाली सैन्य अधिकारीबीच सुरक्षा विषयमा छलफल
२०८३ जेठ १६, शनिबार