श्रावण १९, २०८३ मंगलबार August 4, 2026

एमालेको नयाँ रणनीति : स्थानीय तहसम्म केन्द्रीय नेताको परिचालन

एमाले सबै नेताहरूका कार्यविभाजनसहित अपानि जारी (पुर्णपाठसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा एमालेले नेताहरुको कार्य विभाजन सँगै प्रदेश र स्थानीय चुनावको तयारी पनि थालेको छ ।

शुक्रबार जारी अपानि–२ मार्फत एमालेले नयाँ अभियान पनि थालेको हो । गत १० जेठमा सम्पन्न सचिवालय बैठकले केन्द्रीय नेताहरुको कार्य विभाजन गरेको थियो । अपानिमा उक्त कार्य विभाजन, अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक सन्देश र स्थानीय तहसम्म नेताहरु परिचालन गरिएको विवरण उल्लेख छ ।

यही अपानि मार्फत प्रचार विभाग प्रमुखको जिम्मेवारी पाएका निरज आचार्यका अनुसार, आगामी चुनावको तयारी गर्नेगरी पार्टीले अभियान थालेको हो ।

‘मिसन पार्टी जागरण भनेर हामीले स्थानीय तहसम्म नेताहरु परिचालन गरेका छौ,’ आचार्यले भने । उनका अनुसार महानगर र उपमहानगरमा भने वडामा समेत केन्द्रबाटै इन्चार्ज तोकेर नेताहरु पठाइएको छ ।

त्यसरी स्थानीय तहमा जाने नेताहरुमा केन्द्रीय सदस्यदेखि जिल्लाका सिनियर नेता समेत छन् । ‘केन्द्रीय सदस्यहरु, केन्द्रीय सल्लाहकार सदस्यहरु, केन्द्रीय आयोगका सदस्यहरु, प्रतिनिधि सभाका उम्मेदवारहरु, प्रदेश र जिल्लाका सिनियर नेताहरु परिचालन गरिएको छ,’ आचार्यले भने ।

पलिका तहमा मिसन पार्टी जागरण भनेर नेताहरुलाई पठाएको एमालेले केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई प्रदेश, जिल्ला, जनसंगठन र विभागहरुको जिम्मेवारी तोकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार