जेठ १८, २०८३ सोमबार June 1, 2026

कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक

आज दिउँसो १ः०० बजे प्रतिनिधिसभा र १ः१५ बजे राष्ट्रियसभाको बैठक आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १८ जेठः नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मध्याह्न १२ः०० बजे विपक्षी दलहरुको बैठक बोलाउनुभएको छ ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभाको बैठकमा ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि उत्पन्न परिस्थितिबारे छलफल हुने उहाँको सचिवालयले बताएको छ ।

नेता आङ्देम्बेले बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूलाई बोलाउनुभएको हो ।

आज दिउँसो १ः०० बजे प्रतिनिधिसभा र १ः१५ बजे राष्ट्रियसभाको बैठक आह्वान भएको छ । त्यसअघि प्रमुख विपक्षी दलले सबै विपक्षी दललाई बोलाएर बैठक गर्न लागेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निःशुल्क मुटु परीक्षण शिविरबाट एक हजाभन्दा बढी लाभान्वित
२०८३ जेठ १८, सोमबार
क्षेत्रीय शान्तिका लागि हिजबुल्लाहले आक्रमण रोक्नुपर्ने अमेरिकी अडान
२०८३ जेठ १८, सोमबार
रास्वपा महाधिशेन : सभापति लामिछानेको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन
२०८३ जेठ १८, सोमबार
कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक
२०८३ जेठ १८, सोमबार
एकैदिन २० हजारले बढेको सुनको भाउ आज २ सयले घट्यो, चाँदीमा सामान्य वृद्धि
२०८३ जेठ १८, सोमबार
बाल महोत्सवको आकर्षण ‘अन्नको बुट्टा’
२०८३ जेठ १८, सोमबार
सामुदायिक वनः संरक्षणसँगै समुदायको आर्थिक-सामाजिक विकासको आधार
२०८३ जेठ १८, सोमबार