श्रावण १९, २०८३ मंगलबार August 4, 2026

प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा

प्रधानमन्त्रीको अभिव्यक्तिले देशको अखण्डतालाई खण्डित गरेको भन्दै संसदबाटै माफी माग्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको छ भनेर संसदबाट बोल्नु राष्ट्रिय लज्जाको विषय भएको बताएका छन् ।

कांग्रेसको जरा अभियानको लुम्बिनी प्रदेशस्तरीय कार्यक्रमलाई सोमबार रुपन्देहीमा सम्बोधन गर्दै सभापति थापाले प्रधानमन्त्रीको अभिव्यक्तिले देशको अखण्डतालाई खण्डित गरेको भन्दै संसदबाटै माफी माग्न आग्रह गरे ।

‘प्रधानमन्त्रीको भनाइले जनता र प्रधानमन्त्री बनाउने मतदातालाई लज्जित गराउने अनैतिक र अराजनीतिक कदमको कांग्रेसले विरोध गर्छ’ सभापति थापाले भने, ‘संसदको रोस्टममा मैले नजानेर गल्ती बोले भनेर माफी माग्नुस् । त्यसमा कांग्रेसले कुनै अवरोध गर्ने छैन ।’

प्रधानमन्त्री नबुझेर बोलेको भए चिन्ताजनक र जानीजानी बोलेको भए खतरनाक रहेको उनको भनाइ छ । संविधान, कानुन र राष्ट्रभन्दा माथि कोही नभएको सभापतिको धारणा छ ।

थापाले सत्तापक्षले आइतबार पेलेर नियमावली बनाउनु कालो दिन भएको बताए । संसद सञ्चालन गर्न बनाएको कानून जवरजस्ती गलत भएको बताए ।

‘हिजो संसदको शक्तिको चरम दुरुपयोग भयो, कांग्रेसले प्रतिरोध र विरोध गरेको छ । यो जवरजस्ती पारित गरे पनि टुंगिएको छैन’, उनले भने ।

कांग्रेस हिजोको जस्तो छैन नयाँ ट्रयाकमा गइसकेको बताए । मतदाताले पार्टीमा जनता र मतदाताले देखेको फोहोर फाल्नुपर्ने बताएका छन् । पार्टीलाई विश्वास नगरेका दश लाख मतदाताको मन फर्काउन उनीहरुले देखेको फोहोर फाल्न तयार हुनुपर्ने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार