श्रावण १९, २०८३ मंगलबार August 4, 2026

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध नेकपाको देशव्यापी आन्दोलन घोषणा

नेकपाले जनवर्गीय संगठनलाई सडकमा उतार्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्तिविरुद्ध नेपाली कम्युनिस्ट पार्टीले जनवर्गीय सङ्गठनहरूलाई सडकमा उतार्ने बताएको छ।

जनवर्गीय सङ्गठन समन्वय मोर्चाका प्रमुख राजेन्द्र पाण्डेले विज्ञप्ति जारी गर्दै देशव्यापी रूपमा सशक्त सङ्घर्ष गर्ने जानकारी गराएका हुन्।

प्रधानमन्त्री शाहले संसदबाटै तत्काल आम नेपाली जनतासँग माफी माग्नुपर्ने विज्ञप्तिमा उल्लेख छ। नेकपाले प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध सडक, सदन तथा अन्य सबै मोर्चाबाट सङ्घर्ष गर्ने जनाएको छ।

नेकपाले सबै जनवर्गीय सङ्गठनले बेग्लाबेग्लै विज्ञप्ति जारी गर्ने, सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउने, १८ गते संयुक्त विरोध प्रदर्शन, १९ गते युवाहरूको नेतृत्वमा मशाल जुलुस, २१ गते काठमाडौंमा सबै जनसङ्गठनहरूको सहभागितामा पार्टीको तर्फबाट संयुक्त विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार