श्रावण १९, २०८३ मंगलबार August 4, 2026

रसुवा कांग्रेसका ४२ जना नेता-कार्यकर्ताको सामूहिक रुपमा पार्टी छाडे

कांग्रेसको सम्पूर्ण जिम्मेवारी र सक्रिय सदस्यता त्यागेको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । नेपाली कांग्रेस रसुवाका विभिन्न तहमा सक्रिय ४२ जना नेता तथा कार्यकर्ताले पार्टीबाट सामूहिक राजीनामा दिएका छन्। उनीहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेससँगको आफ्नो राजनीतिक सम्बन्ध समाप्त गरी अब स्वतन्त्र नागरिकका रूपमा रहने निर्णय गरेको जनाएका छन्।

विज्ञप्तिमा आईतवार उनीहरूले विगतमा नेपाली कांग्रेसमा रहेर पार्टीको विधान र निर्देशनअनुसार विभिन्न निर्वाचनमा पार्टी तथा पार्टीले सिफारिस गरेका उम्मेदवारलाई विजयी गराउन सक्रिय भूमिका खेलेको उल्लेख गरेका छन्। साथै पार्टीमा रहँदा केही राम्रो–नराम्रो अनुभव, गुनासा तथा तिता–मिठा सम्झनाहरू रहेको भन्दै ती सबैलाई सम्मानपूर्वक सम्झँदै पार्टीबाट अलग हुने निर्णय गरिएको बताएका छन्।

राजीनामा दिनेहरूमा नेपाली कांग्रेस रसुवा जिल्ला कार्यसमिति सदस्य दालु तामाङ, प्रदेश (ख) सचिव खुबा तामाङ, नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य हस्तबहादुर तामाङसहित स्थानीय तह, नेपाल तरुण दल र पार्टीका सक्रिय सदस्यहरू रहेका छन्।

उनीहरूले लोकतन्त्रका मूल्यमान्यता र नेपालको कानुनलाई आत्मसात् गर्दै अब स्वतन्त्र नागरिकका रूपमा समाजमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। विज्ञप्तिमार्फत उनीहरूले आजकै मितिबाट नेपाली कांग्रेसको सम्पूर्ण जिम्मेवारी र सक्रिय सदस्यता त्यागेको जानकारी दिएका हुन्।

राजीनामा पत्रको बोधार्थ नेपाली कांग्रेस उत्तरगया गाउँपालिका वडा नं. १ सभापति, उत्तरगया गाउँपालिका सभापति तथा नेपाली कांग्रेस रसुवा जिल्ला सभापतिलाई पठाइएको उल्लेख छ। यो सामूहिक राजीनामालाई रसुवा जिल्लाको कांग्रेस राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ। पार्टीका स्थानीय संगठनमा यसको प्रभावबारे चासो बढेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार