श्रावण १९, २०८३ मंगलबार August 4, 2026

सुदूरपश्चिमका मुख्यमन्त्री शाहविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता

९ सांसदले संसदीय दलमा दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरिएको छ। शाहकै दल नेपाली कांग्रेसका बहुमत सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

प्रदेशमा नेपाली कांग्रेसका १८ सांसद छन्। तीमध्ये प्रकाश देउवा लामो समयदेखि अमेरिकामा छन्। नेपालमा रहेका १७ सांसदमध्ये बहुमत सदस्यहरूले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गरेको एक कांग्रेस सांसदले जानकारी दिए।

उनका अनुसार ९ सांसदले संसदीय दलमा दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्।

कांग्रेसकै केही सांसदहरूले मुख्यमन्त्रीको राजीनामा माग्दै आएका थिए। मुख्यमन्त्रीले बहुमत सदस्यहरूको समर्थन नरहे पद छाड्ने बताएका थिए। त्यसपछि मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर संकलन सुरु गरिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार