जेठ १९, २०८३ मंगलबार June 2, 2026

प्रदेशसभा सदस्य सरोज सिंह कुशवाहा भ्रष्टाचार मुद्दामा दोषी ठहर

भ्रष्टाचार कसुर प्रमाणित भएको निष्कर्षसहित कैद, जरिवाना, क्षतिपूर्ति तथा रकम जफतको आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गौशाला (महोत्तरी), जेठ १९ गते । विशेष अदालतले भ्रष्टाचार मुद्दामा मधेस प्रदेशका निलम्बित प्रदेशसभा सदस्य सरोज कुमार सिंह कुशवाहालाई दोषी ठहर गर्दै चार वर्ष एक महिना कैद तथा रु ३८ लाख ५० हजार १३९ जरिवाना हुने फैसला सुनाएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले मङ्गलबार उक्त फैसला सुनाएको हो।

अदालतले ‘अपराध पीडित संरक्षण ऐन, २०७५’ बमोजिम सिंहबाट रु १ लाख ५४ हजार पाँच रुपैयाँ ५६ पैसा क्षतिपूर्ति शुल्क असुल गरी ‘पीडित राहत कोष’मा जम्मा गर्न आदेश दिएको छ। साथै घुस बापत लिएको रु ३८ लाख ५० हजार १३९ सरकारी कोषमा जफत गर्न पनि निर्देशन दिएको छ।

महोत्तरी निर्वाचन क्षेत्र नं ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य सिंहले विभिन्न उपभोक्ता समितिहरूबाट घुस तथा कमिसनबापत रु ३८ लाख ५० हजार १३९ लिएको पुष्टि भएको अदालतले जनाएको छ। उक्त रकम लिएको सम्बन्धमा प्रतिवादीले विवाद नगरेकाले अदालतले सोही रकमलाई भ्रष्टाचारको बिगो कायम गरेको जनाएको छ।

अभियोगअनुसार उपभोक्ता समितिका खातामा जम्मा भएको रकम आफ्ना स्वकीय सचिव विनोद कुमार लाल कायस्थमार्फत झिक्न लगाई सिंहले आफ्नो र श्रीमतीको नाममा रहेको संयुक्त खातामा रु ३८ लाख ५० हजार १३९ जम्मा गरी हिनामिना गरेका थिए।

यस प्रकरणमा विशेष अदालतले भ्रष्टाचार कसुर प्रमाणित भएको निष्कर्षसहित कैद, जरिवाना, क्षतिपूर्ति तथा रकम जफतको आदेश दिएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको अन्तरिक्ष कार्यक्रममा अर्को सफलता, लङ मार्च–१२बीको सफल प्रक्षेपण
२०८३ जेठ १९, मंगलबार
श्रीमानको हत्या आरोपमा श्रीमतीसहित तीन जना पक्राउ
२०८३ जेठ १९, मंगलबार
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतबाट पारित
२०८३ जेठ १९, मंगलबार
विपक्षीको अवरोधका कारण मधेश प्रदेशसभाको बैठक स्थगित
२०८३ जेठ १९, मंगलबार
प्रदेशसभा सदस्य सरोज सिंह कुशवाहा भ्रष्टाचार मुद्दामा दोषी ठहर
२०८३ जेठ १९, मंगलबार
भारत-अमेरिका व्यापार सम्झौता नजिक
२०८३ जेठ १९, मंगलबार
रास्वपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता
२०८३ जेठ १९, मंगलबार