श्रावण १९, २०८३ मंगलबार August 4, 2026

जातीय विभेद अन्त्यका लागि सामूहिक प्रतिबद्धता आवश्यक : आङ्देम्बे

राष्ट्रिय दिवस केवल औपचारिक उत्सवमा सीमित नभई विभेद अन्त्यको सामूहिक प्रतिबद्धताको अवसर बन्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस केवल औपचारिक उत्सवमा सीमित नभई विभेद अन्त्यको सामूहिक प्रतिबद्धताको अवसर बन्नुपर्ने बताएका छन्।

दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संविधान र कानुनले समान अधिकार सुनिश्चित गरे पनि समाजमा जातीय विभेद तथा छुवाछूतका घटना अझै देखिनु दुःखद रहेको उल्लेख गरे। उनले विभेदको अन्त्य कानुन र दण्ड सजायले मात्र सम्भव नहुने भन्दै समानता, सम्मान, सहिष्णुता र मानवीय व्यवहारको संस्कृतिको विकास आवश्यक रहेको बताए।

आङ्देम्बेले सामाजिक न्याय र समान अवसर सुनिश्चित गर्न राजनीतिक दल, राज्यका निकाय, नागरिक समाज, सञ्चारमाध्यम तथा नागरिक एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार