श्रावण १९, २०८३ मंगलबार August 4, 2026

एमालेले नयाँ पुस्तासँग अन्तरसंवाद गर्ने निर्णय

पार्टी आबद्ध परिवारका छोराछोरीहरुको सबै कमिटीले आयोजना गर्ने 

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, जेठ २१ गते। नेकपा (एमाले) दश संकल्प प्रस्ताव जारी गर्दै नयाँ पुस्तासँग अन्तरसंवाद गर्ने निर्णय गरेको छ । बुधबार र बिहीबार काठमाडौँमा आयोजित राष्ट्रिय कार्यशालाबाट एमालेले सो निर्णय गरेको हो ।

एमाले केन्द्रीय सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालका अनुसार कार्यशालामा पार्टीको सङ्गठित सदस्यता अनलाइन नवीकरणको कार्यलाई सम्बन्धित व्यक्तिको प्रत्यक्ष उपस्थितिमा अगाडि बढाउने घोषणा गरेको छ।

उहाँका अनुसार एक सङ्गठित सदस्यले न्यूनतम तीन नयाँ पार्टी सदस्य तयार गर्ने, मतदातालाई पुनः पार्टीमा सक्रिय हुन आह्वान गर्ने,  ‘ठिक समय एमाले समय’ भन्ने नारालाई यथार्थमा रुपान्तरण गर्ने, विज्ञान तथा प्रविधिको क्रान्ति र सामाजिक सञ्जालको प्रयोग गरी डिजिटल क्रान्तिमा रुपान्तरित गर्ने, सदस्यता नवीकरणको कामलाई सम्पन्न गर्ने सङ्कल्प गरिएको छ।

यसैगरी, आफ्नो समुदायका मुद्दाहरुको नेता सङ्गठन बनाउने र साङ्गठनिक रुपमा केन्द्रदेखि आधारसम्म पुनर्गठन गर्न आवश्यक समन्वय गर्ने, नयाँ पुस्तासँग अन्तरसंवाद कार्यक्रमको आयोजना गरी पार्टी आबद्ध परिवारका छोराछोरीहरुको सबै कमिटीले आयोजना गर्ने भएको छ ।

त्यस्तै,  केन्द्रीय सम्पर्क समन्वय समिति र यस मातहतको संरचनालाई उच्च महत्वका साथ परिचालन गरी भूगोल र उपत्यकाको पार्टी कामलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने, हरेक कमिटीले अनलाइन र सामाजिक सञ्जालका विभिन्न माध्यमको प्रयोग गरी प्रवास समितिले सम्पर्कमा राख्ने र स्थानीय कमिटीहरुको पनि प्रवासमा रहेका युवाहरुको समूह निर्माण गरी निरन्तर सम्पर्कमा राख्ने र उनीहरुको अनुभव र विज्ञताको उपयोग गर्ने रणनीति लिने सङ्कल्प गरिएको उहाँको भनाइ छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार