श्रावण १९, २०८३ मंगलबार August 4, 2026

सुदूरपश्चिममा एमालेको मन्त्रिमण्डल हेरफेर, शपथ भोलिसम्म हुने सम्भावना

सन्तोष शर्मा थापा र चक्र मल्ल सरकारमा जाने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारमा नयाँ मन्त्री पठाउने तयारी गरेको छ। स्रोतका अनुसार दुई वर्षदेखि सरकारमा रहेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई फिर्ता बोलाएर नयाँ तीन मन्त्री र एक राज्यमन्त्री पठाउने निर्णय गरिएको हो।

एमाले स्रोतका अनुसार उपनेता सन्तोष शर्मा थापा, प्रमुख सचेतक चक्र मल्ल, दमन भण्डारी र जानकी ऐर बमलाई सरकारमा पठाउने तयारी गरिएको छ। उनीहरूको नाम मुख्यमन्त्री कार्यालयमा पुगिसकेको स्रोतले जनाएको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालयमा सन्तोष शर्मा थापा हुँदा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा दमन भण्डारी नियुक्त हुने भएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा चक्र मल्ल हुँदा भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी जानकी ऐर बमले पाउने छिन् ।

मुख्यमन्त्री निकट स्रोतका अनुसार नयाँ मन्त्रीहरूको शपथ भोलि साँझसम्म हुन सक्ने सम्भावना छ।

हाल एमालेबाट सुरेन्द्र पाल भौतिक पूर्वाधार विकास मन्त्री, वीरबहादुर थापा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा हीरा सार्की आन्तरिक मामिला तथा कानुन मन्त्री छन्। उनीहरूलाई फिर्ता बोलाउने तयारी गरिएको छ।

त्यस्तै, भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउदलाई पनि फिर्ता बोलाउने तयारी गरिएको स्रोतले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार