श्रावण १९, २०८३ मंगलबार August 4, 2026

रास्वपा खोटाङको सभापतिमा मुकुन्दकृष्ण थापा निर्वाचित

उपसभापतिमा गोविन्द भुजेल र कोषाध्यक्षमा तारा दाहाल निर्विरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

खोटाङ, २५ जेठः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङको जिल्ला सभापतिमा मुकुन्दकृष्ण थापा निर्वाचित हुनुभएको छ ।

रास्वपा खोटाङको आइतबार सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट थापा दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा निर्वाचित हुनुभएको हो । विसं २०८१ पुस १३ गते भएको प्रथम जिल्ला भेलाबाट सभापतिमा निर्वाचित हुनुभएका थापा पुनः प्रथम जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा निर्वाचित हुनुभएको हो ।

रास्वपा खोटाङको उपसभापतिमा गोविन्द भुजेल र कोषाध्यक्षमा तारा दाहाल निर्विरोध चयन हुनुभएको छ । जिल्ला कार्यसमितिको सचिवमा पर्शुराम थापा र सहसचिवमा राजन अधिकारी निर्वाचित हुनुभएको छ ।

त्यसैगरी, सदस्यहरुमा प्रकाश अधिकारी, केशरबहादुर श्रेष्ठ र चन्द्रबहादुर परियार निर्वाचित हुनुभएको छ । एघार सदस्यीय जिल्ला कार्यसमिति रहने व्यवस्थाअनुसार नवनिर्वाचित जिल्ला कार्यसमितिको पहिलो बैठकले तीन महिला सदस्य चयन गर्ने बताइएको छ ।

त्यसअघि प्रथम जिल्ला अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय सदस्य सरिता ज्ञवालीले गर्नुभएको थियो । नवनिर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई केन्द्रीय सदस्य ज्ञवालीले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार