श्रावण १९, २०८३ मंगलबार August 4, 2026

सीके राउत नेतृत्वको जनमतले सरकारसमक्ष राख्यो ११ बुँदे माग

निर्वाचन क्षेत्र पुनःनिर्धारणसहित ११ बुँदे माग लिएर सिंहदरबार पुग्यो जनमत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री बालेन शाहलाई ११ बुँदे ज्ञापन पत्र बुझाएको छ। पार्टीले काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर आफ्नो मागपत्र पेश गरेको हो।

जनमत पार्टीले तराई–मधेशका जनताको अधिकार, प्रतिनिधित्व र विकाससँग सम्बन्धित विषयहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ। पार्टीले विगतमा सरकारसँग भएका विभिन्न सम्झौता तथा सहमतिहरू कार्यान्वयन गर्न माग गर्दै संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएको छ।

ज्ञापनपत्रमा नेपाली सेनासहित सबै सुरक्षा निकायमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, प्रदेशलाई संविधानको मर्मअनुसार पूर्ण स्वायत्तता प्रदान गर्नुपर्ने तथा प्रहरी प्रशासनलाई प्रदेश सरकार मातहत सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने माग गरिएको छ। त्यस्तै, निर्वाचन क्षेत्र पुनःनिर्धारण, प्रदेश सीमाङ्कनमा देखिएका विवाद तथा असन्तुष्टिहरू समाधान गर्न आवश्यक सुधार गर्नुपर्ने विषय पनि उठाइएको छ।

जनमत पार्टीले संघीय लोकतान्त्रिक व्यवस्थालाई व्यवहारमा प्रभावकारी बनाउन, मधेश तथा अन्य क्षेत्रका नागरिकका राजनीतिक, सामाजिक र आर्थिक अधिकार सुनिश्चित गर्न तथा राज्यका सबै निकायमा समान सहभागिता कायम गर्न सरकारसँग आग्रह गरेको छ।

यी हुन् ११ बुँदे मागहरुः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार