काठमाण्डौः सर्वोच्च अदालतले प्रतिबन्धित नेकपा विप्लव पार्टीका गोरखा जिल्ला ईन्चार्ज र सेक्रेटरीलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्धय विश्वम्भर प्रसाद श्रेष्ठ र मनोज कुमार शर्माको संयुक्त इजलासले विप्लवका गोरखा ईन्चार्ज र सेक्रेटरीलाई बुधबार साँझ ५ बजे थुनामुक्त गर्ने आदेश दिएको हो ।
रिहा हुनेमा गोरखाका जिल्ला ईन्चार्ज योगेन्द्र कुमाल र जिल्ला सेक्रेटरी कपिलदेव भट्ट रहेका छन् । उनीहरूलाई प्रहरीले संगठित अपराधको अभियोग गत बैशाखमा गोरखाबाट नियन्त्रणमा लिएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया