श्रावण १९, २०८३ मंगलबार August 4, 2026

सीमा अतिक्रमण रोक्न पहल गरौँ : अध्यक्ष राई

प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति सच्याउन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, जेठ २७ गते । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सीमा क्षेत्रमा भारतीय पक्षले गरेका अतिक्रमण रोक्न नेपालले पहल गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर अध्यक्ष राईले प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति सच्याउन आग्रह गर्नुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले वक्तव्य दिएको विषयमा अध्यक्ष राईले असन्तुष्टि व्यक्त गर्नुभयो ।

बैठकको कार्यसूची सञ्चालन भइरहँदा श्रम संस्कृति पार्टीका अध्यक्ष राईसहित सो पार्टीका सदस्यले विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को २१ (ख) तर्फ ध्यानाकर्षण गराउँदै सभामुखको समय लिएर बोल्न र अमर्यादितरूपमा प्रस्तुत नहुन सभामुख अर्यालले पटकपटक आग्रह गर्नुभएको थियो ।

आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफल हुन लाग्दासमेत बैठकमा सो दलका सांसदले लगातार विरोध गरेपछि सभामुख अर्यालले राईलाई बोल्न समय दिनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार