जेठ ३०, २०८३ शनिबार June 13, 2026

रास्वपा गण्डकी सभापतिमा नवीन त्रिपाठी विजयी

चार सदस्य सभापतिले मनोनयन गर्न पाउने व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, जेठ ३० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट सभापतिमा नवीन त्रिपाठी निर्वाचित हुनुभएको छ । यसअघि महासचिव रहनुभएका त्रिपाठी आफ्ना तीन प्रतिस्पर्धीलाई पछि पार्दै सभापति चुनिनुभएको हो ।

त्रिपाठीले दुई सय ३४ मत पाउँदा उहाँका प्रतिस्पर्धी राजन गौतमले एक सय ८२ मत, माधव कँडेलले ११ मत र हरिबहादुर कार्कीले दुई मत पाउनुभएको छ । कार्कीले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिनुभएको थियो । शुक्रबार राति ११ बजेतिर सुरु भएको मतदानको नतिजा शनिबार बिहान सार्वजनिक भएको हो ।

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २५ का त्रिपाठी निवर्तमान सभापति गौतमसहितलाई हराएर सभापति बन्नुभएको हो । गौतम नवलपरासी (बर्दघाट सुस्तापूर्व)को क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुनुहुन्छ । सभापतिका उम्मेदवार कँडेल अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट उम्मेदवार बनी उपविजेता बन्नुभएको थियो । कार्की भने अटेरी अभियान हुँदै रास्वपा प्रवेश गर्नुभएको हो ।

गण्डकी प्रदेश समिति सदस्यका लागि ५१ जनाले उम्मेद्वारी दिएका थिए । क्षेत्रगत प्रदेश सदस्यतर्फबाट बागलुङ १ का मीना शर्मा आचार्य, गोरखा १ बाट मनोज गुरुङ, गोरखा २ बाट बलबहादुर घले, लमजुङबाट विजय पराजुली, म्याग्दीबाट ताराबहादुर कार्की र तनहुँ १ बाट सूर्यमणि पौडेल निर्विरोध हुनुभएको थियो ।

प्रदेश समावेशी सदस्यमा खसआर्य महिलाबाट सीताकुमारी अर्याल, कृष्णकुमारी अधिकारी र राममाया बस्ताकोटी निर्विरोध बन्दा मुस्लिम महिलाबाट समिउन निशा, दलित महिलाबाट गीता विश्वकर्मा र अपाङ्गता भएका खसआर्यबाट यदुनाथ सिग्देलसमेत सर्वसम्मत चुनिनुभएको थियो । चार सदस्य सभापतिले मनोनयन गर्न पाउने व्यवस्था छ । गण्डकी प्रदेशको अधिवेशनमा ७ सय ८० प्रतिनिधि थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा गण्डकी सभापतिमा नवीन त्रिपाठी विजयी
२०८३ जेठ ३०, शनिबार
घोराहीमा सम्पन्न लुम्बिनी प्रदेश बक्सिङमा दाङको वर्चस्व
२०८३ जेठ ३०, शनिबार
काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन
२०८३ जेठ ३०, शनिबार
अमेरिका-इरानबिच २४ घण्टाभित्र सम्झौता हुन सक्ने : पाकिस्तान
२०८३ जेठ ३०, शनिबार
सर्त पूरा नभएसम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी
२०८३ जेठ ३०, शनिबार
अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने
२०८३ जेठ ३०, शनिबार
श्रम ऐन कार्यान्वयनको माग गर्दै प्रशिक्षार्थी चिकित्सक आन्दोलनमा
२०८३ जेठ ३०, शनिबार